काठमाडौं - आज सुनकाे मूल्यमा घटेकाे छ । सुनको मूल्य प्रतिताेला एक हजारले घटेर आज एक तोला सुनको मूल्य रु दुई लाख ५१ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
साेमबार एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार ९०० कायम भएकाे थियाे ।
आज चाँदीकाे मूल्य प्रतिताेला १५ रुपैँयाले बढेकाे छ । आज चाँदीको मूल्य तीन हजार ६००रुपैँयामा कारोबार भइरहेकाे छ ।हिजाे चाँदीकाे मूल्य प्रतिताेला तीन हजार ५८५ रुपैँयामा कारोबार भएकाे थियाे ।