Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
स्वास्थ्य परीक्षण शुल्क वृद्धि विवाद वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २२, २०८२

काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क वृद्धिको विषयमा स्वास्थ्य व्यवसायी र वैदेशिक रोजगार व्यवसायीहरु आ-आफ्नै अडानमा देखिएका छन् । गत सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा मन्त्रालयले यो विषय सकेसम्म आपसी छलफलबाट टुंगो लगाउनु भने पनि हालसम्म दुवै पक्ष आ-आफ्नो अडानबाट पछि हटेका छैनन् ।

मन्त्रालयको छलफलमा वैदेशिक रोजगारका सरोकारवालाबीच समन्वय र सहकार्यको अवस्था नदेखिएको बताइएको थियो । एक हप्ता बितिसक्दा पनि वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य परीक्षण व्यवसायीबीच कुरा मिल्ने अवस्था देखिएको छैन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेश बस्नेतले कामदारलाई नेपालमा भएजति परीक्षण गराएर पठाउने हो त ? भन्दै प्रश्न गरे । 

शुल्क घटाउन स्वास्थ्य व्यवसायी कुनै पनि हालतमा तयार हुनुपर्छ । मनोमानी गर्न पाइँदैन । जुन गन्तव्य मुलुकमा जे आवश्यक छ त्यो मात्र चेकजाँच गराए हुन्छ । ३४ वटा परीक्षण हामी आवश्यक देख्दैनौं ।
महेश बस्नेत
महासचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

‘घर परिवारका वृद्ध आमाबुबाको औषधि किन्न नसकेर विदेश जाँदै गरेको मान्छेलाई ३४ प्रकारका परीक्षण किन गर्नुपर्‍यो ?,’ बस्नेतको प्रश्न छ, ‘बाध्यताले विदेश गइरहेका नेपाली युवालाई नेपालमै लुटेर पठाउने ? देशका धनी मान्छेलाई जे–जे परीक्षण गरे पनि भइहाल्यो नि । गरिब मान्छेहरुको जे आवश्यक छ त्यो मात्रै गर्नुपर्‍यो ।’

Ncell
Hardik health

हाल शुल्क बढाउने विषय आवश्यक नरहेको उनले दाबी गरे । ‘उहाँहरु (स्वास्थ्य व्यवसायी)ले मानिरहनुभएको छैन तर कुनै पनि हालतमा मान्नुपर्छ । हाम्रा कामदारको परीक्षण हो नि त । मनोमानी गर्न पाइँदैन,’ महासचिव बस्नेतले भने, ‘जुन गन्तव्य मुलुकमा जे आवश्यक छ त्यो मात्र चेकजाँच गराए हुन्छ । अहिले यति धेरै शुल्क बढाइहाल्नुपर्ने अवस्था नै थिएन । ३४ वटा परीक्षण हामी आवश्यक देख्दैनौं ।’

राज्य र व्यवसायीले आफूहरुसँग समन्वय नगरी बढाइएको शुल्क कुनै पनि हालतमा नस्वीकार्ने संघको अडान छ । छ हजार ५०० रुपैयाँमा भइरहेको परीक्षण नै वैज्ञानिक भएको संघले जनाएको छ । परीक्षण शुल्क बढ्दा सबै क्षेत्रलाई दीर्घकालीनरुपमा असर पर्ने समेत महासचिव बस्नेतको दाबी छ । यता नेपाल स्वास्थ्य व्यवसायी संघका महासचिव दाताराम काफ्लेले भने म्यानपावर व्यवसायीले शुल्कवृद्धिको विरोध गर्नु अर्थहीन भएकोे बताए । म्यानपावर व्यवसायीले उक्त विषय राम्रोसँग बुझे पनि नबुझेजस्तो गरेको काफ्लेले बताए ।

‘यसरी विरोध गर्नुको अर्थ छैन । थपिएका परीक्षण भयो भने कामदार फर्किंदैनन् भन्ने सुनिश्चितताका लागि समयसापेक्ष शुल्क समायोजन भएको हो,’ काफ्लेले भने, ‘यो म्यानपावर व्यवसायीहरुले बुझ्नुभएको छ । तर नबुझेजस्तो गरी विरोध गर्नुहुन्छ । हामीले लिने रकम ३४ वटा परीक्षणको शुल्क हो । उहाँहरुको क्षेत्रलाई हेर्ने हो भने त झनै अत्याचार भएको छ ।’

सरकारले दुई वर्षदेखि गृहकार्य गरेर कार्यान्वयनमा ल्याएको निर्णयबाट पछि नहट्ने उनको भनाइ छ । बढेको मूल्य सरकारी अस्पतालको मूल्य भएको उनले जिकिर गरे । ‘वीर अस्पतालको रेट नै हाम्रो रेट हो । सरकारले यत्रो अध्ययन गरेर कार्यान्वयन गर भनिसकेपछि फिर्ता लिने भन्ने हुँदैन,’ उनले भने ।

यो म्यानपावर व्यवसायीहरुले बुझ्नुभएको छ तर नबुझेजस्तो गरी विरोध गर्नुहुन्छ । हामीले लिने रकम ३४ वटा परीक्षणको शुल्क हो । उहाँहरुको क्षेत्रलाई हेर्ने हो भने त झनै अत्याचार भएको छ ।  -दाताराम काफ्ले
महासचिव, नेपाल स्वास्थ्य व्यवसायी संघ

मन्त्रालयले छलफल गर्नू भनेकाले दुवै संस्थाले गृहकार्य जारी रहेको र चाँडै छलफलमा जुट्ने जनाएका छन् । श्रम मन्त्रालयले पनि निर्देशिका बनाएर कार्यान्वयनमा गइसकेको विषयलाई तत्काल स्थगित गर्ने या फिर्ता लिने भन्ने नहुने जनाएको छ । यद्यपि सरकारले उच्चस्तरको छानविन समिति बनाएर अध्ययन गर्ने मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले बताए ।

‘सरकारले निर्देशिका बनाएर कार्यान्वयनमा गइसकेको विषय हो । निर्देशिकामा जे छ त्यही कार्यान्वयन हुन्छ,’ घिमिरेले भने, ‘विभिन्न समस्याको पहिचान गर्न एउटा कार्यदल बनाएर त्यसले अध्ययन गरेको प्रतिवेदन सिफारिस गर्ने भन्ने निर्णय भएको छ ।’
 


प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको रोजगारीमा एकाधिकार लागू गर्न २५ व्यवसायीको चलखेल रोकिएन
मलेसियाको रोजगारीमा एकाधिकार लागू गर्न २५ व्यवसायीको चलखेल रोकिएन शुक्रबार, भदौ २६, २०८३
कतारको कम्पास कम्पनीद्वारा रसुवा बाढीपीडितलाई ३० लाख राहत प्रदान 
कतारको कम्पास कम्पनीद्वारा रसुवा बाढीपीडितलाई ३० लाख राहत प्रदान  बिहीबार, भदौ २५, २०८३
सहायक संस्थाको रुपमा २३० म्यानपावर थपिएपछि संघभित्रै हलचल
सहायक संस्थाको रुपमा २३० म्यानपावर थपिएपछि संघभित्रै हलचल बिहीबार, भदौ २५, २०८३
इजरायलमा खुल्यो १४ सयभन्दा बढीलाई अवसर
इजरायलमा खुल्यो १४ सयभन्दा बढीलाई अवसर बुधबार, भदौ २४, २०८३
विभागका नयाँ महानिर्देशकलाई संघको ध्यानाकर्षण
विभागका नयाँ महानिर्देशकलाई संघको ध्यानाकर्षण मंगलबार, भदौ २३, २०८३
साउदीमा श्रम अनुमतिको म्याद थप भएसँगै श्रमिकलाई राहत
साउदीमा श्रम अनुमतिको म्याद थप भएसँगै श्रमिकलाई राहत सोमबार, भदौ २२, २०८३
साउदीका हरित ऊर्जा परियोजनामा शोषणमा परेका नेपालीले पाएनन् क्षतिपूर्ति
साउदीका हरित ऊर्जा परियोजनामा शोषणमा परेका नेपालीले पाएनन् क्षतिपूर्ति आइतबार, भदौ २१, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP