Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १९, २०८२
  • श्रम आप्रवासन र श्रमिकको नैतिक भर्तीबाहेक यस योजनाले आप्रवासी श्रमिकका लागि सुरक्षा, समाधान र न्यायको पहुँच विस्तार गर्ने उल्लेख गरिएको छ । 
  • यसबाहेक आपूर्ति श्रृंखला र कार्यस्थलमा जबरजस्ती श्रम जोखिम रोक्न, श्रम मापदण्डको कार्यान्वयन र अनुपालन प्रणाली सुधार गर्न र विभिन्न क्षेत्रबिच समन्वय सुधार गर्ने योजनासमेत बनेको बुझिएकोे छ 

काडमाडौं– मलेसियाले श्रम आप्रवासन र श्रमिकको नैतिक भर्ती (इथिकल रिक्रुटमेन्ट)को प्रक्रियालाई सुदृृढ गर्र्नेे भएको छ । मलेसियाले एक कार्यक्रमकाबिच बाध्यकारी श्रमकाविरुद्ध राष्ट्रिय प्रतिक्रिया बलियो बनाउन महत्वपूर्ण कदम चाल्ने प्रतिबद्धता जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

मलेसियाले ‘नेसनल एक्सन प्लान अन फोस्र्ड लेबर’ (एनएपी–एफएल) २०२६–२०३० को विकासमार्फत उक्त कार्य गर्ने जनाइएको छ । नयाँ योजनाअनुसार २०३०सम्म जबरजस्ती श्रम गराउने प्रवृत्तिको अन्त्य गर्न आवश्यक कामलाई तीव्र रुपमा अगाडि बढाइने तयारी गरेको छ ।

केहि दिनअघि त्यहाँको मानव स्रोत मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा आयोजित कार्यक्रमबाट उक्त निर्णय गरिएको हो । जसमा त्यहाँका रोजगारदाता, कामदार संघका प्रतिनिधि र नागरिक समाजका समूहको उपस्थिति थियो ।  २०२१–२०२५को राष्ट्रिय कार्य योजनाबाट प्राप्त सुझावहरुमा एनएपी–एफएल आधारित रहेको जनाइएको छ । श्रम आप्रवासन र श्रमिकको नैतिक भर्तीबाहेक यस योजनाले आप्रवासी श्रमिकका लागि सुरक्षा, समाधान र न्यायको पहुँच विस्तार गर्ने उल्लेख गरिएको छ । यसबाहेक आपूर्ति श्रृंखला र कार्यस्थलमा जबर्जस्ती श्रम जोखिम रोक्न, श्रम मापदण्डको कार्यान्वयन र अनुपालन प्रणाली सुधार गर्न र विभिन्न क्षेत्रबिच समन्वय सुधार गर्ने योजनासमेत बनेको बुझिएकोे छ । कार्यशालामा सहभागीले बन्दै गरेका योजनाको निरन्तरता सुनिश्चित गर्ने विषयमा जोड दिएका थिए । 

Ncell
Hardik health

समाचारमा उल्लेख भएअनुसार एनएपी–एफएल नीति विभागकी उपसचिव रफेआ’अह बिन्ती नाहरले जबरजस्ती श्रमविरुद्धको योजनालाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकार दृढ रहेको बताएकी छन् । २०२६–२०३० का लागि विकास गरिने कार्ययोजना सक्रिय, प्रभावकारी हुनुपर्ने नाहरको भनाइ छ । २०३०भित्र जबरजस्ती श्रम समाप्त गर्ने राष्ट्रको आकांक्षामा सरोकारवाला प्रतिबद्ध हुनुपर्ने उनले बताएकी थिइन् ।

बाध्यकारी श्रमसम्बन्धी मलेसियाको योजना आइएलओ फोस्र्ड लेबर कन्भेन्सन १९३० (नं २९),यसको २०१४ प्रोटोकल, र अन्य अन्तर्राष्ट्रिय श्रम मापदण्डरूसँग मेल खाने आइएलओले जनाएको छ । यो तयारी व्यापक र समावेशी प्रक्रियाको परिणाम भएको र सबैजना समाधानको हिस्सा भएमात्र दिगो परिवर्तनसम्भव हुन्छ भन्ने सन्देश दिएको आइएलओको दाबी छ । मलेसियाले श्रम अधिकारका क्षेत्रमा निरन्तर चासो देखाउनुले बाध्यकारी श्रम हटाउने र सबै कामदारका लागि उचित श्रमको प्रवद्र्धन गर्नेतर्फ दृढ राजनीतिक इच्छाशक्ति देखाएको आइएलओले जनाइएको छ ।

त्यहाँको श्रम मन्त्रालयले कार्यशालामा सहभागीको सुझावलाई समावेश गर्दै एनएपी–एफएल २०२६–२०३०को संशोधित मस्यौदा बनाउने तयारी गरेको छ । अद्यावधिक योजना सम्बन्धित मन्त्रालय र एजेन्सीमा प्रेषित गरेपछि र अन्तिम स्वीकृतिको लागि मन्त्रीपरिषद्मा पेश गरिने जनाइएको छ । आइएलअनेले मलेसियालाई नयाँ योजना कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय श्रम मापदण्ड अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू पूरा गर्न समर्थन जारी राख्ने उल्लेख गरेको छ ।

मलेसिया नेपालीहरुको समेत रोजाइको श्रम गन्तव्य हो । पछिल्लो समय न्यून संख्यामा मात्र मागहरु आएपनि श्रम स्वीकृति नवीकरण गरेर जानेको संख्या उल्लेख्य छ । हाल त्यहाँ करिब तीन लाख ३५ हजार नेपालीहरु वैधानिक रुपमा काम गरिरहेको तथ्याङ्क छ । उपयुक्त हावापानी, राम्रो पारिश्रमिक लगायतका कारण दक्ष, अर्धदक्ष र अदक्ष श्रमिकहरु जाँदै आएका छन् । तर त्यहाँ कार्यरत श्रमिकहरुले यहाँका मेनपावरलाई लाखौँ तिरेर गएको, न्यूनतम तलव नपाएको, आधारभूत सेवासुविधा पनि नपाएकोे, दूतावासमा उजुरी गरे कामबाट निकालिनुपर्ने अवस्था रहेको लगायतका समस्या रहेको बताउँदै आएका छन् ।
 


प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको रोजगारीमा एकाधिकार लागू गर्न २५ व्यवसायीको चलखेल रोकिएन
मलेसियाको रोजगारीमा एकाधिकार लागू गर्न २५ व्यवसायीको चलखेल रोकिएन शुक्रबार, भदौ २६, २०८३
कतारको कम्पास कम्पनीद्वारा रसुवा बाढीपीडितलाई ३० लाख राहत प्रदान 
कतारको कम्पास कम्पनीद्वारा रसुवा बाढीपीडितलाई ३० लाख राहत प्रदान  बिहीबार, भदौ २५, २०८३
सहायक संस्थाको रुपमा २३० म्यानपावर थपिएपछि संघभित्रै हलचल
सहायक संस्थाको रुपमा २३० म्यानपावर थपिएपछि संघभित्रै हलचल बिहीबार, भदौ २५, २०८३
इजरायलमा खुल्यो १४ सयभन्दा बढीलाई अवसर
इजरायलमा खुल्यो १४ सयभन्दा बढीलाई अवसर बुधबार, भदौ २४, २०८३
विभागका नयाँ महानिर्देशकलाई संघको ध्यानाकर्षण
विभागका नयाँ महानिर्देशकलाई संघको ध्यानाकर्षण मंगलबार, भदौ २३, २०८३
साउदीमा श्रम अनुमतिको म्याद थप भएसँगै श्रमिकलाई राहत
साउदीमा श्रम अनुमतिको म्याद थप भएसँगै श्रमिकलाई राहत सोमबार, भदौ २२, २०८३
साउदीका हरित ऊर्जा परियोजनामा शोषणमा परेका नेपालीले पाएनन् क्षतिपूर्ति
साउदीका हरित ऊर्जा परियोजनामा शोषणमा परेका नेपालीले पाएनन् क्षतिपूर्ति आइतबार, भदौ २१, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP