Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #इरान_इजरायल
  • #जनकराज_गिरी
  • #इन्दिरा मानन्धर
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #खखडेहरा_पर्व
Search Here
समाचार
  • Home
  • समाचार
  • कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण
कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १९, २०८२

काठमाडौं -  काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र जीवनशैलीसम्बन्धी सर्वेक्षण सुरु गरेको छ । कामपाको कृषि तथा पशुपन्छी विभागले यही मङ्सिर १६ गतेदेखि उक्त कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रम यही मङ्सिर २६ गतेसम्म सञ्चालन हुनेछ । यसमा २१ गतेसम्म कर्मचारी, २२ गते कर्मचारी र जनप्रतिनिधि तथा २३, २४ र २५ गते जनप्रतिनिधिका लागि समय विभाजन गरिएको छ । छुटेका सबैलाई २६ गते सहभागी गराउने कार्यक्रम रहेको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।

सहरी जीवन क्रमशः निष्क्रिय बन्दै गएको, यसैकारण मुटु, मधुमेह, क्यान्सर, श्वासप्रश्वाससहित दीर्घरोगको जोखिम उच्च रहेकाले यसबाट बच्ने उपाय खोजी गर्न सर्वेक्षण गरिएको न्यौपानेको भनाइ छ । सर्वेक्षणबाट प्राप्त हुने नतिजाले कार्यस्थलमा स्वास्थ्य प्रवर्द्धनको नीतिगत सिफारिसका लागि तथ्य प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Hardik health

सर्वेक्षणमा उचाइका आधारमा तौल (बीएमआइ बडी मास इन्डेक्स) मापन, उमेर र लिङ्गका आधारमा बीआइए (बायोइलेक्ट्रिकल इम्पेन्डेन्स एनलाइसिस) गरेर ‘बडीफ्याट’, ‘भिसेरल फ्याट इन्डेक्स’, ‘फ्याट फ्री मास’, ‘टोटल बडी वाटर’को प्रोफाइल तयार पारिन्छ । यसरी तयार पारिने प्रोफाइलमा कामको प्रकृतिअनुसारको मोटोपना, रक्तअल्पता र जीवनशैलीका सूचक पनि समावेश हुन्छन् ।

सर्वेक्षणमा जीवनशैली र आचरणअन्तर्गत शारीरिक व्यायाम, कामको तनाव, धुमपान तथा मद्यपानको आदत, सुत्ने समय, ‘डिजिटल ग्याजेट’हरूमा बिताउने समय, कार्यस्थलको वातावरणसम्बन्धी विवरण संकलन हुने न्यौपानेले जानकारी दिए । मधुमेह, हेमोग्वोविन परीक्षणबाट रक्तअल्पता जाँच गरिन्छ ।

खानाको रुचिका आधारमा आहार मूल्यांकन र खाद्य समूहको अभिलेखन गरिन्छ । सर्वेक्षणमा सहभागी ‘भर्टेक्स फुड्स’का अनुसन्धान व्यवस्थापक प्रतीक निरौलाका अनुसार स्थानीयस्तरमा उत्पादन भएका खानेकुरामा प्राकृतिक तत्वहरू धेरै पाइन्छ । जसकारण स्वास्थ्यका लागि बढी लाभदायक हुन्छन् ।

यस्ता खानेकुराको मूल्य तुलनात्मक रूपमा सस्तो हुन्छ । आफ्नो स्वादअनुसार खानेकुरा तयार पारेर खाने हो भने स्वास्थ्यका लागि राम्रो हुन्छ ।कामपाका कर्मचारी र जनप्रतिनिधिका लागि गरिने यो परीक्षण क्रमशः नागरिक समक्ष पुर्याएर खाद्य आचरण र जीवनशैली सुधारका लागि काम गर्ने कामपाले योजना रहेको छ । 


प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण शुक्रबार, फागुन १५, २०८२
गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा
गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा मंगलबार, फागुन १२, २०८२
पोलेको मकैको व्यापार फस्टाउँदै
पोलेको मकैको व्यापार फस्टाउँदै मंगलबार, फागुन ५, २०८२
लाफा दाइको २८ वर्षे आर्ट यात्राः आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल
लाफा दाइको २८ वर्षे आर्ट यात्राः आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल सोमबार, फागुन ४, २०८२
खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र
खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र सोमबार, फागुन ४, २०८२
मौरीघार र महले आत्मनिर्भर पृतिराज, गाउँमै सिर्जना भयो रोजगार
मौरीघार र महले आत्मनिर्भर पृतिराज, गाउँमै सिर्जना भयो रोजगार बिहीबार, माघ २२, २०८२
माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी
माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
स्पेनमा आध्यात्मिक महोत्सव हुँदै
स्पेनमा आध्यात्मिक महोत्सव हुँदै
सङ्खुवासभामा चार स्थानबाट ५० हजार ८२० मत गणना
सङ्खुवासभामा चार स्थानबाट ५० हजार ८२० मत गणना
मोरङ ३ मा श्रम संस्कृति अगाडि
मोरङ ३ मा श्रम संस्कृति अगाडि
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP