काठमाडौं- आज बजारमा सुनचाँदीको मूल्य बढेकाे छ । मंगलबार ३००ले घटेर प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ निर्धारण भएको सुनकाे मूल्य आज ८ सयले बढेर सुनकाे मूल्य प्रतितोला दुई लाख ५४ हजार १०० रुपैयाँ निर्धारण भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
यस्तै हिजाे चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेकाेमा आज चाँदीको मूल्य प्रतितोला तीन हजार ६५५ रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य तीन हजार ५४५ रुपैयाँ काराेबार भएको थियाे ।