काठमाडौं- आज बजारमा सुनचाँदीको मूल्य घटेकाे छ । साेमबार १४ सयले बढेकाे सुनकाे मूल्य मंगलबार ३००ल घटेरर प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
हिजाे सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँ निर्धारण भएकाे थियाे ।
यस्तै हिजाे चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेकाेमा आज १० रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य प्रतितोला तीन हजार ५४५ रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला चाँदीको मूल्य तीन हजार५३५ रुपैयाँ काराेबार भएको थियाे ।