काठमाडौं- आज बजारमा सुनचाँदीको मूल्य बढेकाे छ । शुक्रबार सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेकाे हाे ।
बिहिबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेकाेमा आज २२ सय रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे एक तोला सुनको मोल दुई लाख ४८ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै, हिजाे चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेकाेमा आज ६५ रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य प्रतितोला तीन हजार तीन सय ४५ रुपैयाँ कायम भएको छ । बिहीबार एक तोला चाँदीको मूल्य तीन हजा दुई सय ८० रुपैयाँमा काराेबार भएको थियाे ।