काठमाडौं- आज बजारमा सुनको मूल्य घटेकाे छ । बिहिबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेकाे हाे ।
बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेकाेमा आज एक तोला सुनको मोल दुई लाख ४८ हजार ४०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे एक तोला सुनको मोल दुई लाख ४८ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेकाे छ । चाँदीको मूल्य प्रतितोला तीन हजार २ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार एक तोला चाँदीको मूल्य तीन हजा२ सय २० रुपैयाँमा काराेबार भएको थियाे ।