Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • सुकी हजुर आमाको चिम्से नाति ! 
सुकी हजुर आमाको चिम्से नाति ! 
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, मंसिर ९, २०८२

बुढ्यौलीले गल्र्याम्म ढालिसकेकी सुकी हजुर आमालाई घरबाट तानेर सडकसम्म पुर्‍याउने चिम्से नाति आजकल हजुरआमाको अंशमा हंश उठाउँदै छ ।  सेतै फुलेकी सुकी हजुर आमाले आफै सम्हालिन गाह्रो भएको बेला घर सम्हाल्न सक्दिन भन्दा पनि चिम्से नातिहरुको भरमा घर सम्हाल्नु पर्‍यो ।  पाखुरा गज्जवकै भएका चिम्से नातिहरुले खेतबारी त राम्रै जोत्लान् भन्ने सोचेर घर सम्हाल्न तयार भएकी सुकी हजुरआमालाई अहिले घर टोक्नु न बोक्नु जस्तै भाको छ । 

चौतारीमा बसेर पहिले पञ्चायत बसी न्यायका लागि छिनोफानो गरेकी सुकी हजुरआमा आफै अन्यायमा पर्न थालेको भन्दै रुन्चे आँशु देखाउँछिन् । जसललाई विश्वास गर्‍यो उसैबाट घात ! बालुवाटारदेखि सिंहदरबारसम्म ‘नेपो बेबी’ छिरेपछि जेन–जी स्वाहा ! हजुरआमालाई इन्तु न चिन्तु बनाएछन् चिम्से नातिहरुले ! घरी आमा ठिक, घरी आमा बेठिक ! कहिले घर सम्हाल, कहिले माइती सम्हाल भन्दै चिम्से नातिको खटनपटनले जेन–जी स्वाहा । 

हजुर आमालाई अस्ति माइतीघर पुर्‍याएर मनतातो पानी खुवाएर तङ्ग्राएको चिम्से नाति अहिले फेरि ठण्डीमा बरफ खुवाउन खोजिरहेको छ । हजुर आमाको माइतीबाट बालुवाटार घरसम्म ल्याउँदा चिम्से नातिले कम गरेको छ र ? त्यही भएर बालुवाटारमा ढडेलोले पार्टीमाथि पारिलो घाममा बसेर चिम्से नातिलाई हजुरआमाले कम्ति माया गरेकी छिन् र ? ‘मुलीमात्र म हुँ, गर्ने त सबै यही मोरो चिम्से नाति त हो’ हजुरआमा निकै खुशी साथ बखान गर्छिन् ।  हुन त सुकी हजुरआमालाई घर जिम्मा मैले लगाएको हुँ त्यसैले मैले भनेजस्तै गरी घर चल्नुपर्छ भन्दै चिम्से नातिले बालहठ गरेपछि हजुरआमाले पनि कहिले काँही बृद्धहठ गर्छिन् !

बाल हठ र बृद्ध हठ टस न मस हुन थाले भने त घरको छानो चुहिनेमात्र होइन । बाहिरको बाछिटाले कता कता भ्वाङ्ग पार्छ पार्छ ! त्यही भएर नि होला आफै हल न चल भएकी हजुर आमालाई चिम्से नातिले कहिले यता घिसार्छ कहिले उता घिसार्छ ! हजुर आमा र चिम्से नातिको पाराले छिमेकीसमेत हैरान बनिसकेका छन् । हजुर आमा बुँइगलबाट तल झर्न नसक्ने । वल्लो कोठाबाट पल्लो कोठामा जान पनि सुसारेको भर पर्नुपर्ने तर नाति मोरो कुदेको कुदै ! कहिले कुन घर छिर्छ, कहिले कुन फल मेरो हो भन्छ, कहिले कसको बिरालो वोकेर हिड्छ, कहिले कसको पाठो बोकेर हिड्छ थाहै छैन । 

Hardik health

त्यत्तिमात्र गरेर त हुने हो नि ! घर घरमै गएर धम्क्याएका छ । विचरा ती चौकीदारलाई पनि गाह्रो । चौकीदारी गर्ने कि आफ्नै डडाल्नु जोगाउने हो ? उता पल्ला गाउँमा पुगेर चिम्से नातिले चौकीदारलाई झण्डै भकुरेछन् !  ‘हैन होऊ, मैले भनेको पनि नमान्ने तिमीहरु ? मेरा केटाहरुले कुटाई खाका छन् । मेरा केटा कुट्नेलाई त तिमीहरुले पनि त रामधुलाई गर्नु पर्‍यो । त्यो के भन्छ, हजुरआमाको नाति पो हुँ क्यार !

विचरा चौकीदार चिम्से नातिदेखि थरऽरऽ । साँच्चै हजुर आमाले पनि बार्दलीमा घाम ताप्दै ‘दुईचार वटा दाँत भाँचिदेओ न’ भनेर भन्दिन् भने यी चौकीदारको हालत के होला ?  हुन त अहिले चलेकै त्यस्तै छ । जसको शक्ति उसैको भक्ति । बोल्नेको पिठो नि बिक्छ नबोल्नको चामल पनि बिक्दैन त्यसै कहाँ भनेका हुन् र बुढा पाकाले ! हजुरआमाको न्यायो माया पाएपछि चिम्से नातिको पावर पनि गाईको दूधदही खाएर पाखुरा ठूलो बनाएर गाउँले तर्साउन त पाउनु पर्‍यो नि । 

नातिलाई नानीदेखि लागेको बानी त हो ? दुइचार वटा बङ्गारा झार्न त हजुरआमाले उही बेला नै भन्नु भाको हो नि । विचरा हजुरआमा आफै हिँडडुल गर्न नसके पनि घर सम्हाल्न खोज्नु भाको छ र पो, पलिहेको रिस अहिले पोखिरहुन भएको छ ! अपुतालीमा घर धान्ने जिम्मा आको बेला दुईचार छिमेकीको त उठीबास नै लगाउनु पर्‍यो नि ! त्यसै नाति केटो वल्लो गाउँ र पल्लो गाउँ गरेको छ ! ऊ बेला हजुरआमालाई कुन्नि के के बात लगाउनेलाई अव चिम्से नातिले ठिक पार्छ ! मान्छेले चिम्से नातिलाई चिनेकै छैन । 

दुईचारवटा बङ्गारा झार्न र दुईचारवटा हबेलीमा आगो सल्काउन त ‘डिस्कर्ड’ मात्र हो र ! घरदेश देखि परदेशसम्मको भरोसा नि हो । कसले कत्तिको भरोसा गरेको छ भन्ने कुरा त ठाउँ परेसी पो थाहा हुन्छ । यस्ता चौकीदारसँग पनि कुरा गर्ने हो र हाम्रा चिम्से नातिले ?  सुकी हुजरआमाको चिम्से नाति केटाहरुसँग भिड्न त्यही हजुरआमाले आफ्नै माइतीघरमा बसेर जेल हाल्नु पर्छ भन्दै उफ्रिएको ठाउँको डाँडोमा ज्यान मार्ने, अपहरण, बन्धक बनाउने, अभद्र व्यवहारको कसुर गरी योगदान गरेको नातिले राष्ट्रिय स्वयंसेवा गर्ने भैसक्यो त ? अब पो शुरु भयो खेल खेलाडीको हातमा । हजुरआमाको नाति भर्सेस हजुरबाको नाति । 

अब त माघे संक्रान्ति पनि आउँछ । नुवाकोटको तारुकामा गोरु जुधाउने दिन यी दुवै गोरु नातिहरुलाई जुधाउन पाइयो भने त ! वाह ऽ ऽ क्या काइदा हुन्थ्यो होला । साँढेको जुधाई बाच्छाको मिचाई भन्या जस्तो । हजुरआमा किन फुरुङ्ग भन्या त कारण यस्तो पो रैछ ।  एकातिरबाट ल अब हाम्रो चिम्से नातिलाई कसैले छोएर हेरोस् त ? भन्ने अर्कोतिरबाट अँऽअऽ पल्लो गाउँमा चौकीदारलाई थर्काएर आएँ । कोही नभएको बेला हाम्रो विमिरो श्रेष्ठको घरमा गुण्डा आको छ भन्दिनु भन्दै घर कुरुवालाई हप्काए जस्तो होला । 

एऽ ऽ अब त हामीले पनि जान्या छौं । राष्ट्रिय स्वयंसेवा राम्रैसँग हुन्छ । गजमजिएको, खलबलिएको यस्ता चिम्सेहरुलाई ऊ त्यो के रे हाम्रो स्वयंसेवकले राम्रै गुण्डुको साग खुवाएर आँखा तेजिलो बनाउँछन् !  जे होस्, सुकी हजुरआमाले घर सम्हालेदेखि भजनकीर्तन राम्रैै भइरहेको छ । जेन–जीको सपना पनि साकार हुँदै गईरहेको छ । मर्ने त मरिजाने हो भविष्यमा सालिक हुने हो, मर्न उत्प्रेरित गर्ने उत्पे्ररक पो मालिक बन्ने हो नि होइन र चिम्सेकी सुकी हजुरआमा !
पढ्नेलाई सुनको माला, छाप्नेलाई फुलको माला यो कथा डढेलो लागेको सिंहदरबार र बालुवाटार जाला !
 


प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP