काठमाडौं - आज बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेकाे छ । मंगलबार सुनको मूल्य तोलामा पाँच हजार २०० रुपेयाँले बढेकाे छ
आज एक तोला सुनको मोल दुई लाख ४७ हजार ९०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । साेमबार एक तोला सुनको मोल दुई लाख ४२ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले बढेकाे छ । चाँदीको मूल्य प्रतितोला तीन हजार २०० रुपैयाँ कायम भएको छ । साेमबार एक तोला तीन चाँदीको मूल्य तीन हजार ११५ रुपैयाँमा काराेबार भएको थियाे