काठमाडौं - आज बजारमा सुनचाँदीको मूल्य बढेकाे छ । साेमबार सुनको मूल्य तोलामा एक हजार ९०० रुपेयाँले बढेकाे छ
आज एक तोला सुनको मोल दुई लाख ४२ हजार ७०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार एक तोला सुनको मोल दुई लाख ४४ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेकाे छ । चाँदीको मूल्य प्रतितोला तीन हजार ११५ रुपैयाँ कायम भएको छ । आइतबार एक तोला तीन चाँदीको मूल्य तीन हजार १३५ रुपैयाँमा काराेबार भएको थियाे ।