Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जापान कामदार पठाउने पुरानो निर्देशिका बल्ल खारेजीको सिफारिस
जापान कामदार पठाउने पुरानो निर्देशिका बल्ल खारेजीको सिफारिस
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ८, २०८२
  • जापानले सन् २०१७मा जिट्को खारेज गरेर सोही वर्षबाट टेक्निकल इन्टर्न टे«निङ प्रोग्राम (टिआइपिटी) सञ्चालनमा ल्याएको थियो
  • विदेशी इन्टर्नले जागिर परिवर्तन गर्न कडाइ, लामो कार्यघण्टा, दुव्र्यवहारजस्ता समस्या झेल्नुपरेको गुनासो बढेपछि जापानले यसलाई प्रतिस्थापन गर्ने भनेर २०२४मै योजना बनाएको थियो
  • जिट्को खारेज भएपछि संस्थागत माध्यमबाट जानेहरुको संख्या बढ्ने व्यवसायीले बताउँदै आएका छन् 

काठमाडौं– जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका, २०६६ खारेज गर्न सिफारिस गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव पिताम्बर घिमिरेको संयोजकत्वमा बनेको एक अध्ययन समितिले गत शुक्रवार उक्त निर्देशिका खारेज गर्न सिफारिस गरेको हो । 

उक्त निर्देशिका अन्तर्गतको जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को)मा सूचीकृत भएका म्यानपावर व्यवसायीले जापानमा कामदार पठाउँदै आएका छन् । जापानले धेरै अगाडि जिट्को खारेज गरेर नयाँ प्रावधान अवलम्बन गरेको अवस्थामा उक्त निर्देशिका समयानुकुल नभएकाले खारेज गर्नु उपयुक्त हुने भनेर सिफारिस गरिएको प्रवक्ता घिमिरेले बताए । 

‘जापान आफैंले जिट्को खारेज गरेर नयाँ नयाँ प्रणाली ल्याएको छ । त्यस्तै, जिट्को निर्देशिका सुशासन ऐनको दफा ४५ अन्तर्गत बनेको हो,’ घिमिरेले भने, ‘उक्त दफा नै संशोधन भइसकेपछि त्यस अन्तर्गत बनेका निर्देशिकाहरु खारेज गर्ने भन्ने निर्णय भएको हो । जिट्कोको सान्दर्भिकता नभएकाले राखिराख्न आवश्यक छैन भन्ने निष्कर्ष निकालिएको छ ।’

Nada Auto Show 2026
Hardik health

समितिको अध्ययनलाई विभागीय मन्त्रीले स्वीकृत गरेपछि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइन्छ । मन्त्रिपरिषद्बाट पारित भएपछि निर्देशिका खारेज हुन्छ ।  जापानले सन् २०१७मा जिट्को खारेज गरेर सोही वर्षबाट टेक्निकल इन्टर्न टे«निङ प्रोग्राम (टिआइपिटि) सञ्चालनमा ल्याएको थियो । तर टेक्निकल इन्टर्नले पनि धेरै आलोचना खेप्दै आएको छ । यस अन्तर्गत गएका विदेशी इन्टर्नहरूले जागिर परिवर्तन गर्न कडाइ, लामो कार्यघण्टा, दुव्र्यवहारजस्ता समस्या झेल्नुपरेको गुनासो बढेपछि जापानले यसलाई प्रतिस्थापन गर्ने भनेर २०२४मै योजना बनाएको थियो ।

सन् २०२७बाट इम्प्लोइमेन्ट फर स्किल डेभलेपमेन्ट (इएसडी) कार्यान्वय गर्ने तयारी भइरहेको छ । इएसडीमाथि विशेषज्ञ टोलीले छलफल गरेपछि मन्त्रिपरिषद्बाट यसै वर्षभित्र अनुमोदन हुने जापानी सञ्चारमाध्यमले जनाउँदै आएका छन् । हाल श्रमिक अभाव झेलिरहेको जापान, इएसडी कार्यान्वयमा ल्याएर विदेशी श्रम शक्तिलाई थप आकर्षित गर्ने योजनामा छ । 

जापानले जिट्को खारेज गरेपनि हालसम्म जापान काम गर्ने व्यवसायीलाई भने जिट्कोमा सूचीकरण हुनु अनिवार्य छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार हाल १८ सयभन्दा बढी संस्थाले वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत पाएका छन् । तीमध्ये ४८२ वटा संस्थाले जिट्कोको लाइसेन्स लिएका छन् । सरकारबाट इजाजतपत्र लिइसकेपछि सबै व्यवसायीले जुनसुकै मुलुकको काम गर्न पाउनुपर्ने माग उनीहरुको छ । 

साथै, जिट्को अन्तर्गत जाइका अलमनाइ एसोसिएसन नेपाल (जान)ले जापान जाने प्रशिक्षार्थी कामदारको जापानी भाषा तथा संस्कृतिसम्बन्धी परीक्षा लिँदै आएको छ । जान जापानबाट फर्किएका नेपालीको संस्था हो । जापानबाट कम्पनीको आधिकारिक व्यक्ति आएर कामदारको भिजा जारी गरिसकेको अवस्थामा पनि जानले परीक्षा लिएर पटकपटक अनुतीर्ण गराएको भन्दै व्यवसायीहरु पटकपटक आक्रोशित हुँदै आएका छन् । उक्त अध्ययनलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि सबै व्यवसायीले जापानको लागि काम गर्न पाउँछन् र जानको झण्झटबाट समेत मुक्ति पाउने छन् ।

पछिल्लो समयमा जापानको रोजगारीमा नेपाली कामदारको आकर्षण बढ्दो छ । तर संस्थागत माध्यमबाट सहज रुपमा जान नपाउँदा कन्सलटेन्सी लगायतबाट व्यक्तिगत श्रम स्विकृती लिएर जाने बढेको बताइन्छ । गत आर्थिक वर्षमा २३ हजार ७१ जना श्रम स्वीकृति लिएर जापान गएका थिए । जसमा संस्थागत माध्यमबाट १५ सय ८१ जना मात्र गएका थिए । त्यस्तै २०८०/८१मा १३ हजार ८६४ जना जापान गएकोमा १२ सय एक जनामात्र संस्थागत माध्यमबाट गएका थिए । जिट्को खारेज भएपछि संस्थागत माध्यमबाट जानेहरुको संख्या बढ्ने व्यवसायीले बताउँदै आएका छन् ।
 


प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP