काठमाडौं– आज बजारमा सुनचाँदीको मूल्य बढेकाे छ । आज सुनको मूल्य तोलामा दुई हजार ९०० रुपेयाँले बढेकाे छ
आइतबार एक तोला सुनको मोल दुई लाख ४४ हजार ६०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार एक तोला सुनको मोल दुई लाख ४१ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर तीन हजार १३५ रुपैयाँ कायम भएको छ । शुक्रबार एक तोला तीन चाँदीको मूल्य तीन हजार १०० रुपैयाँमा काराेबार भएको थियाे ।