काठमाडौं– आज बजारमा सुनचाँदीको मूल्य घटेकाे छ । आज सुनको मूल्य तोलामा एक हजार ३०० रुपेयाँले घटेको छभने त्यति नै परिमाणको चाँदी ८५ रुपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार ३०० रुपेयाँले घटेर आज एक तोला सुनको मोल दुई लाख ४१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी, चाँदी ८५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला तीन हजार १०० रुपैयाँ कायम भएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।