Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दक्षिण कोरियामा श्रम कानुन उल्लंघन बढ्दो 
दक्षिण कोरियामा श्रम कानुन उल्लंघन बढ्दो 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ५, २०८२

 

  • कोरियाको रोजगार तथा श्रम मन्त्रालयले गरेको अनुसन्धानमा १९६ मध्ये १८२ वटा कम्पनीमा श्रम कानून उल्लंघन भएको उल्लेख 
  • १२३ स्थानमा ज्याला नदिएको, त्यस्तै ६५ कार्यस्थलमा बढी समय काम लगाएको र १० स्थानमा कार्यस्थलमा आक्रमण वा भेदभावपूर्ण व्यवहार गरिएको 
  • आकर्षक रोजगार गन्तव्यको रुपमा रहेको दक्षिण कोरियामा नेपाली श्रमिकले पनि अमानवीय व्यवहार झेल्दै आएको घटना सार्वजनिक हुँदै आएका छन्
     

काठमाडौं– दक्षिण कोरियाका कम्पनीहरुले विदेशी श्रमिकमाथि दुव्र्यवहार गरिने घटना व्यापक बढ्न थालेको त्यहाँको एक सरकारी अनुसन्धानले देखाएको छ । कोरियाको रोजगार तथा श्रम मन्त्रालयले दुई महिनाअघि गरेको निरीक्षणले श्रमिकमाथि दुव्र्यहार बढेको पुष्टि गरेको हो ।

बुधबार मन्त्रालयले जारी गरेको प्रतिवेदनमा ९३ प्रतिशत कार्यस्थलमा श्रम कानुनको उल्लंघनसमेत भएको उल्लेख गरिएको छ । मन्त्रालयले गत अप्रिल र सेप्टेम्बरमा निरीक्षण विभिन्न कम्पनीका कार्यस्थलमा निरीक्षण गरेको थियो । निरीक्षण अवधिमा १९६ कार्यस्थलमा दुई चरणको निरीक्षण गरिएको थियो । अनुसन्धानकर्ताले १९६ मध्ये १८२ वटा कम्पनीमा श्रम कानून उल्लंघन भएको उल्लेख गरेका छन् । ती कम्पनीबाट उल्लंघनका ८४६ वटा प्रकरण भेटिएको थियो । 

यस्ता उल्लंघनहरुमा तलब भुक्तानी नगरिएको, बढी समय काम लगाएको र विभेदपूर्ण व्यवहार गरिएको पाइएको छ । जसमा सबैभन्दा धेरै १२३ स्थानमा ज्याला नदिएको पाइएको छ । त्यस्तै कार्यस्थलमा बढी समय काम लगाएको ६५ वटा, विश्राम वा बिदा प्रदान नदिइएको २२ वटा र कार्यस्थलमा आक्रमण वा भेदभावपूर्ण व्यवहार गरिएको १० वटा घटना पाइएको थियो । 

Nada Auto Show 2026
Hardik health

यसरी भुक्तानी नगरिएको ज्याला १.७ अर्ब वन अर्थात् ४१.१६ मिलियन डलर रहेको प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले श्रमिकलाई दुव्र्यवहार गर्ने १८२ कम्पनीलाई ८४४ सुधारात्मक आदेश जारी गरेको जनाइएको छ । ज्याला भुक्तानी नगरेका १२३ कम्पनीमध्ये १०३ वटाले १.७ अर्ब वन तिर्न बाँकीमध्ये १.२७ अर्ब वन तिरेको मन्त्रालयले जनाएको छ । 

गम्भीर अपराधसँग सम्बन्धित मुद्दामा सरकारले फौजदारी अभियोग लगाएको छ । काम बिगारेको भन्दै एक विदेशी कामदारलाई आक्रमण गरेपछि दक्षिण चुङचियोङको एक कम्पनीलाई अभियोजककहाँ पठाइएको थियो । त्यस्तै, ग्याङ्वोनको अर्को कम्पनीले व्यावसायिक कठिनाइ उल्लेख गर्दै गत वर्ष डिसेम्बरदेखि यस वर्षको मार्चबीचमा ११ करोड वन ज्याला भुक्तानी गरेको थिएन । त्यस कम्पनीले सुधारको आदेश पनि पालना नगरेकोले अभियोजककोमा पठाइएको थियो । 

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार एक कम्पनीका प्रबन्धकले मार्च र अप्रिलको बीचमा दुई विदेशी कामदारलाई काममा त्रुटि गरेको र खतरनाक मेसिनरीको निकट गएको भन्दै उनीहरुको टाउकोमा प्रहार गरेको जनाइएको छ । ती प्रबन्धकले सञ्चारमाध्यममा पैसा कमाउन आएका कामदारलाई चोट लाग्न नहुने भन्दै उनीहरुकै सुरक्षाको लागि आक्रमण गरेको दाबी गरेका थिए । 

यसबाहेक अन्य उल्लंघनमा विदेशी कामदारलाई प्रस्थान सुनिश्चत् गर्ने बिमाजस्ता अनिवार्य बिमा कार्यक्रममा समावेश नगरिएको भेटिएको छ । त्यस्तै विदेशी कामदारको रोजगार ऐनअन्तर्गत आवश्यक छात्रावासको मापदण्ड पूरा नगर्नुलगायत उल्लंघका घटना समावेश थिए उक्त रिपोर्टअनुसार रोजगार अनुमति बिना विदेशी कामदारलाई काममा राख्ने तीन कार्यस्थललाई भविष्यमा रोजगार अनुमति नपाउने गरी प्रतिबन्ध लगाइएको थियो ।

श्रम मन्त्रालयको निरीक्षणले धेरै विदेशी कामदारले सामना गरिरहेको खराब व्यवहारको पुष्टि गरेको छ । कानून दक्षिण कोरिया गर्नसक्ने सम्भावना देखिएका कम्पनीमा प्रत्यक्ष निरीक्षण गरिने जनाइएको छ । श्रम अवस्थाको सुधार गर्न प्रोत्साहित गर्न मन्त्रालयले ठूलो संख्यामा रोजगारी दिने कार्यस्थल, स्थानीय सरकार र विदेशी कामदार समर्थन केन्द्रसँग पनि सहकार्य गरेर यो अवस्थाबारे जानकारी गराउने जनाएको छ । 

दक्षिण कोरियाले नेपालसहित १७ वटा मुुलुकबाट इपिएस प्रणालीमार्फत श्रमिकहरु लैजाँदै आएको छ । सन् २००८ यता इपिएस प्रणालीमार्फत एक लाख २० हजारभन्दा बढी नेपाली युवाले कोरिया रोजगारीको अवसर पाएका छन् । आकर्षक रोजगार गन्तव्यको रुपमा रहेको कोरियामा नेपाली श्रमिकले पनि अमानवीय व्यवहार झेल्दै आएको घटना यसअघि पनि सार्वजनिक भएका थिए । त्यहाँका श्रममन्त्री किम योङ–हुनले भने आधारभूत श्रम अधिकारको संरक्षणमा कोरियाली र विदेशी कामदारबीच कुनै भिन्नता मान्य नहुने बताउँदै आएका छन् । 


 


प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १०:३१
#दक्षिण कोरियादक्षिण कोरिया
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP