काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज एक तोला सुनको मोल सात सय रुपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेको छ भने त्यति नै परिमाणको चाँदी ३५ रुपैयाँले बढेको छ । आज एक तोला सुनको मोल दुई लाख ४३ हजार रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १८५ रुपैयाँ कायम भएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।