Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सरकारी र अर्धसरकारी संस्थाबाट आउन थाल्यो भिसा
सरकारी र अर्धसरकारी संस्थाबाट आउन थाल्यो भिसा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ४, २०८२

 

युएई सामान्यतर्फ उन्मुख छ । व्यवसायीहरुले केही वर्क पर्मिटहरु निस्किन थालेको भनिरहनुभएको छ । कति समयदेखि प्रतीक्षामा हुनुभएका कामदारहरु जान पाउने वातावरण भयो । खुसी व्यक्त गर्नुभएको छ साथीहरुले ।
डिकबहादुर खत्री
वरिष्ठ उपाध्यक्ष, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्‍च

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)ले जेन–जी आन्दोलनपछि रोकेको रोजगारी खोल्ने संकेत गरेको छ । दुई महिनाभन्दा बढी बन्द भएको युएईबाट कामदार भिसा आउन थालेको हो ।

यससँगै व्यवसायीहरु आशावादी बनेका छन् । हालै त्यहाँका सरकारी र अर्धसरकारी संस्थाले भिसा दिन थालेको व्यवसायीहरुले बताएका छन् । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि भदौ ३० गते सोमबारयता युएईले नेपालीका लागि भिजिट र कामदार दुवै भिसा बन्द गरेको थियो ।

Nada Auto Show 2026
Hardik health

नेपालीहरुको प्रमुख रोजगार गन्तव्य युएईले अघोषितरुपमा भिसा बन्द गरिदिँदा व्यवसायी र कामदार समस्यामा परेका थिए । केही दिनयता त्यहाँका अर्धसरकारी कम्पनीहरुले भिसा जारी गर्न थालेको व्यवसायीहरुले बताएका छन् । केही व्यवसायीहरुले भिसा आउन थालेको भन्दै आए पनि आफूलाई विश्वास नलागिरहेको अवस्थामा राजदूत स्वयंले १८ जनाको भिसा पठाइदिएको नेपाल लोकतान्त्रिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दिपक थापाले बताए । 

‘हाम्रै व्यवसायीले दूतावासको कमजोरीले युएई खुलेन भनेको अवस्थामा मलाई राजदूत स्वयंले १६ तारिखमा १८ जनाको भिसा पठाइदिनुभएको छ । ती भिसाचाहिँ अर्धसरकारी कम्पनीका छन्,’ थापाले भने, ‘अरु साथीहरुले पनि भिसा निस्कियो भन्न थाल्नुभएको छ ।’

युएईबाट सरकारी कम्पनीको तुलनामा निजी कम्पनीबाट कामदारको माग बढी आउने गरेको थापा बताउँछन् । तर निजीले भने अझै भिसा दिन सुरु नगरेको उनको भनाइ छ । सरकारी कम्पनीहरुले भिसा दिइसकेपछि हालको स्थिति परिवर्तन हुनेमा उनी आशावादी छन् । ‘अन्य कम्पनीले पनि खुलाउलान् । एउटै मुलुकमा कसैले लग्ने कसैले रोक्ने भन्ने त नहोला,’ थापाले भने ।

युएई सामान्य बन्दै गरेको अवस्थामा व्यवसायीमा खुसी छाएको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका वरिष्ठ उपाध्यक्ष डिकबहादुर खत्रीले बताए । ‘युएई सामान्यतर्फ उन्मुख छ । व्यवसायीहरुले केही वर्क पर्मिटहरु निस्किन थालेको भनिरहनुभएको छ । कति समयदेखि प्रतीक्षामा हुनुभएका कामदारहरु जान पाउने वातावरण भयो । खुसी व्यक्त गर्नुभएको छ साथीहरुले,’ खत्रीले भने । 

यद्यपि, युएई खुल्नमा सरकारले भने पहल नगरेको उनले बताए । त्यहाँका रोजगारदाताको आवश्यकताका कारण खुलेको उनको भनाइ छ । ‘रोजगारदाताको आवश्यकताका कारण खुलेको हो । उनीहरुको ठूलो स्रोत मुलुक बंगलादेश हो तर अहिले बंगलादेश बन्द छ,’ खत्रीले भने, ‘त्यसपछिको ठूलो स्रोत नेपाल हो । युएईमा कम्पनीहरुले पनि दबाब दिएको पाइयो । त्यो आन्तरिक बाध्यताले खुलाउन थालेको पाइन्छ ।’

भिसा एप्लाई गर्ने सिस्टममा नेपाल भनेर नआइरहेको अवस्थामा अब भने देखाउन थालेकाले यसलाई खुल्ने संकेतमा रुपमा आफूहरुले लिएको वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डेले बताए । ‘प्राइभेट कम्पनीले कागजातहरु मागिरहेका छन् । हामीले पठाउन थालेका छौं । निजीले पनि चासो दिन थालेका छन्,’ पाण्डेले भने । 

युएई नेपाली युवाहरुको प्रमुख रोजाइको श्रम गन्तव्य बन्दै आएको छ । प्रत्येक महिना १५ हजारभन्दा बढी युवा संस्थागत माध्यमबाट युएई जाँदै आएकोमा युएई बन्द भएयता असोज महिनामा सात हजार २३७ र कात्तिकमा २६५ जनामात्र गएका थिए । गत आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा धेरै दुई लाख ७४ हजार ५९० जना रोजगारीका लागि युएई गएका थिए । त्यस्तै ०८०/८१ मा एक लाख ९३ हजार ४३८ जना गएका थिए । 
 


प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १०:२३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP