काठमाडौं– अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मंगलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले बढेको छभने त्यति नै परिमाणको चाँदी ६० रुपैयाँले बढेको छ ।
आज एक तोला सुनको मोल दुई लाख ४२ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । साथै चाँदीको मूल्य प्रतितोला तीन हजार १५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी हिजाे सुनकाे मूल्य प्रतिताेला दुई लाख ३९ हजार ५०० रुपैयाँ चाँदीकाे मूल्य तीन हजार १५५ रुपैँयामा काराेबार भएकाे थियाे ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।