Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • चार महिनामा रोजगारीका लागि साढे दुई लाखभन्दा बढी विदेसिए
कात्तिकमा ७३ हजारभन्दा बढीले लिए श्रम स्वीकृति चार महिनामा रोजगारीका लागि साढे दुई लाखभन्दा बढी विदेसिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर ३, २०८२

काठमाडौं– चालु आर्थिक वर्षको चार महिनामा साढे दुई लाखभन्दा बढी युवा रोजगारीका लागि विदेसिएका छन् । गत साउनदेखि कात्तिकसम्मको अवधिमा कूल दुई लाख ७५ हजार ७६२ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुमा गएका हुन् ।

पछिल्लो महिना कात्तिकमामात्रै ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ । यो संख्या संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिनेको हो । गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि नेपालीहरुको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई)को रोजगारी बन्द हुँदा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिमा केही फेरबदल देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनामा संस्थागत माध्यमबाट रोजगारीमा जानेहरुको संख्या करिब आधाले घटेको छ । श्रम स्वीकृति नवीकरण (पुनः श्रम स्वीकृति) गरेर जानेहरुको संख्या भने उल्लेख्यरुपमा बढेको छ ।

कात्तिकसम्म युएईको रोजगारी बन्द भएको अवस्थामा विदेसिनेहरु नै घट्ने अनुमान गरिएको थियो । रोजगारीका लागि विदेसिनेको संख्यामा भने यसको असर देखिएको छैन । यद्यपि, संस्थागत माध्यमबाट जानेको संख्यामा कमी आउँदा श्रम स्वीकृति नवीकरण जानेहरु भने हालसम्मकै बढी पाइएको छ ।

Hardik health

हालसम्म मासिक करिब ३० हजार श्रमिक रोजगारीका लागि पठाउँदै आएका इजाजत प्राप्त संस्थाले कात्तिकमा १२ हजार १४९ जनालाई मात्र रोजगारीमा पठाएका छन् । जसमा १० हजार ६५५ पुरुष र एक हजार ४९४ जना महिला छन् । श्रम स्वीकृति नवीकरण गरेर जानेहरुको संख्या भने ह्वात्तै बढेको छ । कात्तिकमामात्रै ५० हजार ५८० श्रमिक पुनः श्रम स्वीकृति लिएर गएका छन् । चालु आवको साउनमा २३ हजार ६४४, भदौमा २२ हजार २४० र असोजमा ३१ हजार ३७३ जनाले श्रम स्वीकृति नवीकरण गरेर गएका थिए ।

अघिल्ला आर्थिक वर्षको प्रत्येक महिनाको तथ्यांक हेर्दा पनि अधिकतम् ३० हजारको हाराहारीमा श्रम स्वीकृति नवीकरण गरेर गएको पाइन्छ ।  कात्तिक महिनामा नौ हजार ५५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । जसमध्ये सात हजार १९६ जना पुरुष र दुई हजार ३५७ जना महिला छन् । त्यस्तै, जिटुजीमार्फत ७८३ जना रोजगारीमा गएका तथ्यांक छ । जसमा ७१ जना इजरायल र ७१२ जना दक्षिण कोरिया गएका हुन् ।

कात्तिकमा वैदेशिक रोजगारीमा युवाहरु १०६ वटा मुलुकमा गएका छन् । जसमध्ये सबैभन्दा धेरै साउदी अरेबियामा १५ हजार ७६९ जना गएका छन् । साउदीमा १५ हजार ६१३ जना पुरुष र १५६ जना महिला गएको तथ्यांक छ । त्यसैगरी, दोस्रो कतारमा १३ हजार ७३२ जना गएका छन् । त्यसपछि युएईमा १३ हजार ३९९, मलेसियामा नौ हजार ८७२ र कुवेतमा पाँच हजार २७८ जना गएको तथ्यांक छ । श्रम स्वीकृति नवीकरण गरेर सबैभन्दा बढी १२ हजार १६७ जना साउदी गएका छन् । 

जिल्लागत तथ्यांक हेर्दा कात्तिकमा सबैभन्दा बढी झापाका नागरिक वैदेशिक रोजगारीमा गएका छन् । उक्त जिल्लाबाट दुई हजार ७६० पुरुष र ७३३ जना महिलाले श्रम स्वीकृति लिएको देखिन्छ । उक्त एक महिनामा विदेसिएकामध्ये सबैभन्दा बढी महिला कामदार पनि सोही जिल्लाका छन् । झापापछि धनुषाबाट तीन हजार ४२१ जना, मोरङबाट तीन हजार १७४ जना, सिरहाबाट दुई हजार ५६१ र रुपन्देहीबाट दुई हजार ३९० जनाले रोजगारीका लागि मुलुक छाडेका छन् । सबैभन्दा कम श्रमिक भने मुस्ताङ र मनाङबाट १८÷१८ जना गएका छन् ।

उक्त एक महिनामा सबैभन्दा बढी दक्ष श्रमिक रोजगारीमा गएका छन् । ५० हजार ८६२ जना दक्ष श्रमिक रोजगारीमा गएकोमा ४४ हजार ८७२ जना पुरुष र पाँच हजार ९९० जना महिला छन् । त्यस्तै १३ हजार ५२३ जना अदक्ष श्रमिक विदेसिएका छन् । अदक्ष श्रमिकमा ११ हजार ९४१ जना पुरुष र एक हजार ५८२ जना महिला छन् । रोजगारीमा आठ हजार ३०५ जना अर्धदक्ष कामदार ३३४ जना व्यावसायिक कामदार गएका छन् । त्यस्तै, ५४ जना पुरुष र १६ जना महिला गरी ७० जना उच्च दक्ष श्रमिक रोजगारीमा गएका छन् । 
 


प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन शुक्रबार, पुस २५, २०८२
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP