Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • चार महिनामा रोजगारीका लागि साढे दुई लाखभन्दा बढी विदेसिए
कात्तिकमा ७३ हजारभन्दा बढीले लिए श्रम स्वीकृति चार महिनामा रोजगारीका लागि साढे दुई लाखभन्दा बढी विदेसिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर ३, २०८२

काठमाडौं– चालु आर्थिक वर्षको चार महिनामा साढे दुई लाखभन्दा बढी युवा रोजगारीका लागि विदेसिएका छन् । गत साउनदेखि कात्तिकसम्मको अवधिमा कूल दुई लाख ७५ हजार ७६२ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुमा गएका हुन् ।

पछिल्लो महिना कात्तिकमामात्रै ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ । यो संख्या संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिनेको हो । गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि नेपालीहरुको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई)को रोजगारी बन्द हुँदा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिमा केही फेरबदल देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनामा संस्थागत माध्यमबाट रोजगारीमा जानेहरुको संख्या करिब आधाले घटेको छ । श्रम स्वीकृति नवीकरण (पुनः श्रम स्वीकृति) गरेर जानेहरुको संख्या भने उल्लेख्यरुपमा बढेको छ ।

कात्तिकसम्म युएईको रोजगारी बन्द भएको अवस्थामा विदेसिनेहरु नै घट्ने अनुमान गरिएको थियो । रोजगारीका लागि विदेसिनेको संख्यामा भने यसको असर देखिएको छैन । यद्यपि, संस्थागत माध्यमबाट जानेको संख्यामा कमी आउँदा श्रम स्वीकृति नवीकरण जानेहरु भने हालसम्मकै बढी पाइएको छ ।

Nada Auto Show 2026
Hardik health

हालसम्म मासिक करिब ३० हजार श्रमिक रोजगारीका लागि पठाउँदै आएका इजाजत प्राप्त संस्थाले कात्तिकमा १२ हजार १४९ जनालाई मात्र रोजगारीमा पठाएका छन् । जसमा १० हजार ६५५ पुरुष र एक हजार ४९४ जना महिला छन् । श्रम स्वीकृति नवीकरण गरेर जानेहरुको संख्या भने ह्वात्तै बढेको छ । कात्तिकमामात्रै ५० हजार ५८० श्रमिक पुनः श्रम स्वीकृति लिएर गएका छन् । चालु आवको साउनमा २३ हजार ६४४, भदौमा २२ हजार २४० र असोजमा ३१ हजार ३७३ जनाले श्रम स्वीकृति नवीकरण गरेर गएका थिए ।

अघिल्ला आर्थिक वर्षको प्रत्येक महिनाको तथ्यांक हेर्दा पनि अधिकतम् ३० हजारको हाराहारीमा श्रम स्वीकृति नवीकरण गरेर गएको पाइन्छ ।  कात्तिक महिनामा नौ हजार ५५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । जसमध्ये सात हजार १९६ जना पुरुष र दुई हजार ३५७ जना महिला छन् । त्यस्तै, जिटुजीमार्फत ७८३ जना रोजगारीमा गएका तथ्यांक छ । जसमा ७१ जना इजरायल र ७१२ जना दक्षिण कोरिया गएका हुन् ।

कात्तिकमा वैदेशिक रोजगारीमा युवाहरु १०६ वटा मुलुकमा गएका छन् । जसमध्ये सबैभन्दा धेरै साउदी अरेबियामा १५ हजार ७६९ जना गएका छन् । साउदीमा १५ हजार ६१३ जना पुरुष र १५६ जना महिला गएको तथ्यांक छ । त्यसैगरी, दोस्रो कतारमा १३ हजार ७३२ जना गएका छन् । त्यसपछि युएईमा १३ हजार ३९९, मलेसियामा नौ हजार ८७२ र कुवेतमा पाँच हजार २७८ जना गएको तथ्यांक छ । श्रम स्वीकृति नवीकरण गरेर सबैभन्दा बढी १२ हजार १६७ जना साउदी गएका छन् । 

जिल्लागत तथ्यांक हेर्दा कात्तिकमा सबैभन्दा बढी झापाका नागरिक वैदेशिक रोजगारीमा गएका छन् । उक्त जिल्लाबाट दुई हजार ७६० पुरुष र ७३३ जना महिलाले श्रम स्वीकृति लिएको देखिन्छ । उक्त एक महिनामा विदेसिएकामध्ये सबैभन्दा बढी महिला कामदार पनि सोही जिल्लाका छन् । झापापछि धनुषाबाट तीन हजार ४२१ जना, मोरङबाट तीन हजार १७४ जना, सिरहाबाट दुई हजार ५६१ र रुपन्देहीबाट दुई हजार ३९० जनाले रोजगारीका लागि मुलुक छाडेका छन् । सबैभन्दा कम श्रमिक भने मुस्ताङ र मनाङबाट १८÷१८ जना गएका छन् ।

उक्त एक महिनामा सबैभन्दा बढी दक्ष श्रमिक रोजगारीमा गएका छन् । ५० हजार ८६२ जना दक्ष श्रमिक रोजगारीमा गएकोमा ४४ हजार ८७२ जना पुरुष र पाँच हजार ९९० जना महिला छन् । त्यस्तै १३ हजार ५२३ जना अदक्ष श्रमिक विदेसिएका छन् । अदक्ष श्रमिकमा ११ हजार ९४१ जना पुरुष र एक हजार ५८२ जना महिला छन् । रोजगारीमा आठ हजार ३०५ जना अर्धदक्ष कामदार ३३४ जना व्यावसायिक कामदार गएका छन् । त्यस्तै, ५४ जना पुरुष र १६ जना महिला गरी ७० जना उच्च दक्ष श्रमिक रोजगारीमा गएका छन् । 
 


प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP