काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज एक तोला सुनको मोल पाँच सयले बढेकाे हाे ।
आज एक तोला सुनको मोल दुई लाख ४३ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
हिजाे एक तोला सुनको मोल दुई लाख ४२ हजार ८००० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै चाँदी प्रतिताेला बीस रुपैँयाले बढेर आज एक ताेला चाँदीको मूल्य तीन हजार १५५ रुपैयाँ निर्धारण भएकाे महासंघले जनाएकाे छ । हिजाे एक ताेला चाँदीको मूल्य तीन हजार १३५ रुपैयाँमा काराेबार भएको थियाे ।