काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । आज एक तोला सुनको मोल छ हजार ९ सयले घटेकाे हाे ।
आज एक तोला सुनको मोल दुई लाख ४२ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
शुक्रबार एक तोला सुनको मोल दुई लाख ४९ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै आज एक ताेला चाँदीको मूल्य तीन हजार १३५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएकाे छ ।