काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज एक तोला सुनको मोल पाँच सयले घटेकाे हाे ।
आज एक तोला सुनको मोल दुई लाख ४९ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार एक तोला सुनको मोल दुई लाख ५० हजार २००० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै आज ६० रुपैँयाले चाँदीको मूल्य घटेकाे छ ।आज एक ताेला चाँदीको मूल्य तीन हजार दुई सय ८५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएकाे छ । हिजाे साेही परिमाणकाे चाँदीको मूल्य तीन हजार तीन सय ४५ रुपैयाँ निर्धारण भएको थियाे