Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रममा विभागीय मन्त्री नहुँदा बढ्दै वैदेशिक रोजगारीका समस्या
श्रममा विभागीय मन्त्री नहुँदा बढ्दै वैदेशिक रोजगारीका समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २८, २०८२
  • जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नै श्रम मन्त्रालयले जिम्मेवारी सम्हालिरहेकी छन्
  • विभागीय मन्त्री नहुँदा समस्याहरु समाधानमा ढिलाई भइरहेको छ भने प्रधानमन्त्री कार्कीले मन्त्रालयका लागि समय निकाल्न सकिरहेका छैनन्
  • विगतका सरकारले श्रम मन्त्रालयलाई न्यून प्राथमिकतामा राखेको अवस्थामा अहिलेको सरकारले पनि त्यही नियति दोहोर्‍याएको व्यवसायीहरुको आरोप छ

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विगत दुई महिनायता विभागीय मन्त्री पाएको छैन । रेमिट्यान्स अर्थतन्त्रको प्रमुख अंग बनेको यो समयमा  मन्त्रालयले विभागीय नेतृत्व नपाउँदा वैदेशिक रोजगारीका समस्या बढ्न थालेका छन् । 

यसले श्रमिक तथा व्यवसायी मारमा पर्न थालेको वैदेशिक रोजगार व्यवसायी बताउँछन् । गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीले नै श्रम मन्त्रालयले जिम्मेवारी सम्हालिरहेकी छन् । अरु मन्त्रालयमा सम्बन्धित विषका विज्ञ मन्त्री हुँदा श्रममा पनि पनि सम्बन्धित क्षेत्र बुझेका व्यक्ति आउने आशमा व्यवसायी थिए । 

श्रमले सम्बन्धित क्षेत्रको ज्ञान भएको नेतृत्व नपाउँदा विभिन्न श्रम गन्तव्य मुलुकमा देखिएको समस्या जटिल बन्दै गएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छादोर्जे डिमदोङले बताए । ‘जिट्को नवीकरण लामो समयदेखि भएको छैन । अहिले खारेज नै गर्ने भन्ने तयारी भइरहेको छ । मन्त्री भएको भए छिटो हुन्थ्यो कि भन्ने हो,’ डिमदोङले भने, ‘कुवेतमा गएका ड्राइभरको लाइसेन्स दुई महिनासम्म भेरिफाइ नभएको अवस्थामा अहिले बल्ल काम सुरु भयो भन्ने आएको छ ।’ 

यस्ता विषय हेर्दा साना देखिए पनि कामदार प्र्रत्यक्ष मारमा परिरहेको उनले बताए । यतिमात्र हैन भिजिट भिजाको नाममा घरेलु कामदार महिला कामदार विदेशिरहेको अवस्थामा कुनै निकायले नियमन गरेको छैन । नेपालीहरुको प्रमुख श्रम गन्तव्य संयुक्त अबर इमिरेट्स (यूएई)मा विभिन्न समस्याका कारण श्रमिक मारमा परिरहेको डिमदोङले बताए । ‘यूएई जाने पाँच सय भन्दा बढी श्रमिक कलिङ भिजा आएर रोकिएर बसेका छन् । उनीहरुलाई हुँदैन भनेर फर्काउन पनि सकिएको छैन । उनीहरु भइहाल्छ कि भनेर पर्खिएर बसेका छन्,’ डिमदोङले भने, ‘त्यस्तै यूएईमा रोजगारी खुलाउने पहल आजसम्म भएको छैन । यूएई नखुल्दा समग्र नेपाली कामदारको छवीमाथि नै प्रश्न उठिरहेको छ ।’ एकातिर श्रमिक प्रत्यक्ष मारमा परेको अवस्थामा व्यवसायीलाई पनि समस्या परेको उनको भनाइ छ । 

Nada Auto Show 2026
Hardik health

समस्या बढ्दा छैन सुल्झाउने नेतृत्व
मन्त्रालयमा सम्बोधन गर्नुपर्ने समस्याको चाङ लागिरहँदा कामको चाप भने घट्दै गएको  कर्मचारीहरु बताउँछन् । विभागीय मन्त्री हुँदा समस्या समाधानका लागि तुरुन्तै एक्सन लिने काम हुन्थ्यो । ‘मन्त्री हुँदा नयाँनयाँ इस्यु सिधै आउँथ्यो । यसलाई सम्बोधन गरिहाल्न चटारो पथ्र्यो । अहिले नगरी नहुने काम भएमात्र गर्ने नभए कर्मचारी नै पन्छिने गरेका छन्,’ एक कर्मचारीले भने । 

प्रधानमन्त्रीकै समयका कारण पनि जटिलता देखिने गरेको अर्का कर्मचारीले बताए । ‘प्रधानमन्त्रीज्यूको समय लिन गाह्रो छ । दैनिक फाइलहरु लान पनि गाह्रो । बाइल्याट्रल एग्रीमेन्ट जस्ता विषयमा विभागीय मन्त्रीको हिसाबले प्रधानमन्त्रीले सदर गर्नुपर्ने हुन्छ । अनि फेरि क्याबिनेटमा लानुपर्छ । प्रधानमन्त्रीलाई स्वयम्लाई पनि अप्ठ्यारो छ,’ ती कर्मचारीले भने । 

मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले भने प्रधानमन्त्रीले नै मन्त्रीको जिम्मेवारी सम्हालेको अवस्थामा त्यस्तो समस्या नदेखिएको बताए । विगतकै जसरी काम अघि बढिरहेको उनको दाबी छ । ‘मन्त्री हुँदा जस्तो दैनिक भेट हुने त्यस्तो चाहिँ हुँदैन, त्यो स्वाभाविक भयो । मन्त्रीस्तरीय नीतिगत निर्णयका लागि हामी फाइलहरु पठाउँछौँ । निर्णय हुन्छ,’ घिमिरेले भने, ‘त्यस्तो समस्या भएको छैन । पहिला जसरी हुन्थ्यो त्यसरी नै हुन्छ ।’

श्रमिक वर्गको वेवास्ता: श्रमविद्
मन्त्रालयमा भइरहेका काममा निरन्तरता दिन श्रममन्त्रालयमा छुट्टै नेतृत्व आवश्यक पर्ने श्रमविद् रामेश्वर नेपालले बताए । प्रधानमन्त्रीले पनि मन्त्रीले गर्ने जति काम गरिरहेको भन्ने कुरामा सत्यता नभएको नेपाल बताउँछन् । मन्त्रालयमा दैनिक रुपमा धेरै समस्या आउने र कतिपय तत्काल सम्बोधन गर्नुपर्ने विषयहरु सम्बोधन नहुँदा सेवाग्राही थप पीडित बनेको उनले बताए । 

‘कतिपय दैनिक रुपमा आउने श्रम आप्रवासनका विषय जसमा राजनीतिक नेतृत्वले सम्हाल्दा कामहरु जसरी अगाडि बढ्थे त्यो भइरहेको छैन । जस्तै श्रमिकका विषयमा गुनासो नै सुनुवाई गर्ने र छिनोफानो गर्ने खालका कुरामा पनि दखल पुगेको देखिँदैन । जसले पीडित थप पीडित भएका छन्,’ नेपालले भने, ‘कर्मचारीबाट हुने कामहरु भएका होलान् तर पोलिटिकल लेभलबाट हुनुपर्ने कामहरु अवरुद्ध भएका छन् । प्रधानमन्त्री श्रम मन्त्री पनि त हो भन्ने कुरामा उहाँले अहिलेको जटिल अवस्थामा कति समय दिन सक्नुहुन्छ भन्ने हो ।’

विगतका सरकारले श्रम मन्त्रालयलाई न्यून प्राथमिकतामा राखेको अवस्थामा ओजनदार र नागरिकमैत्री छवि भएको व्यक्तिले नेतृत्व गरेको सरकारले पनि त्यही नियति दोहोर्‍याएको नेपालको दाबी छ । देशको सबैभन्दा ठूलो हिस्सा ओगटेको श्रमिक वर्गलाई सरकारले बेवास्ता गर्नु उदेकलाग्दो भएको उनको भनाइ छ । 
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १०:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP