Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • चलचित्र भवनमा नेपाली चलचित्रकै दबदबा
चलचित्र भवनमा नेपाली चलचित्रकै दबदबा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २७, २०८२

काठमाडौं– तिहार पर्वको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्ष अगाडिसम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चश्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको हाे । 

नेपाली कला र संस्कृतिसँगै सामाजिक कथामा आधारित चलचित्रहरूले दर्शकको साथ पाउँदा घरेलुबजारमा यसको सकारात्मक प्रभावसहित व्यापार पनि राम्रो भएको देखिन्छ ।   चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपाः’ मार्फत् सार्वजनिक तथ्यांकलाई विश्लेषण गर्दा पछिल्ला दिनमा नेपाली चलचित्र हेर्ने दर्शक बढिरहेको पाइन्छ । यही कात्तिक २२ गते शनिबारसम्म सार्वजनिक तथ्याङ्कअनुसार सगरमाथाका विषयमा निर्माण गरिएको चलचित्र ‘जेरी अन टप’ ले सबैभन्दा बढी कमाइ गरेको छ । तीन लाख ७५ हजार ८१ दर्शकले उक्त चलचित्रलाई हेर्दा  ११ करोड ७१ लाख ४१ हजार ४९८  रुपैयाँ कमाइ (ग्रस कलेक्सन) गरेको छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाका विषयमा विदेशमा धेरै चलचित्र बनेता पनि नेपालमा भने कमै बनेका छन् । उक्त चलचित्रमा सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथालाई देखाइएको छ । सुन्दर दृश्यलाई कैद गरिएको उक्त चलचित्रले पर्यटन प्रव्रद्धनमा  टेवा पुर्‍याउने विश्वास निर्माता सरोज न्यौपानेको छ ।

'हामीले सगरमाथाको कथा र सुन्दरतालाई चलचित्रमा प्रस्तुत गरेका छौँ । हाम्रो प्रयासलाई दर्शकले साथ दिनुभएपछि अन्य चलचित्रकर्मीलाई पनि हौसला प्राप्त भएको छ । नयाँ विषय र गुणस्तरीय चलचित्र बन्यो भने दर्शकले रुचाउनुहुन्छ भन्ने पुनः प्रमाणित भएको छ । नेपालको सुन्दरता चलचित्रका माध्यमले प्रचारप्रसार गर्नु हामी चलचित्रकर्मीको पनि दायित्व हो', निर्माता न्यौपानेले स्पष्ट गरे ।

Hardik health

उक्त चलचित्रमा अनमोल केसी, भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन् । गत असोज ३१ गतेदेखि प्रदर्शनरत उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन्।यस्तै, भाइटीकाको अवसर पारेर यही कात्तिक ६ गतेदेखि प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’ ले  सोही अवधी (शनिबार बेलुकी) सम्म  दुई करोड ५६ लाख ५७ हजार ९२९  रुपैयाँ  कमाएको छ । उक्त चलचित्रलाई ८५ हजार ३५६ जना दर्शकले हेरेका छन् । दयाहाङ राई, विजय बराल, समृद्धि अर्याललगायत कलाकारले अभिनय गर्नुभएको उक्त चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका थिए ।  

यस्तै, कात्तिक ६ मै प्रदर्शन भएको चलचित्र ‘सोल्टिनी’ ले भने अपेक्षा गरिएभन्दा निकै कम कमाइ गरेको छ । । उक्त चलचित्रलाई आठ हजार ९४५ जना दर्शकले हेर्दा  २९ लाख पाँच हजार ९५६ रुपैयाँ मात्र कमाइ गरेको छ ।प्रकाश सपुत, परीक्षा लिम्बूलगायतका कलाकारले अभिनय गरेकाे उक्त चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन्  । निर्देशक सुवेदीले यसअघि निर्देशन गरेकाे ‘रङ्गेली’ पनि घरेलु बजारमा असफल भएको थियो ।

यसैगरी, ‘तक्मे बुढा’ को उपनामले परिचित अभिनेता विल्सनविक्रम राईले निर्देशन गरेकाे ‘मैझारो’ ले पनि घरेलु बजारमा सफलता प्राप्त गर्न सकेन । अभिनेता राईको पहिलो निर्देशकीय चलचित्र नै असफल हुन पुग्यो । अभिनेता धीरज मगर, मिरुना मगर, दयाहाङ राईलगायतका कलाकारले अभिनय गरेकाे उक्त चलचित्रले  एक करोड चार लाख २९ हजार २८८ रुपैयाँ   कमाएको छ । ३५ हजार १७६ जना दर्शकले मात्र उक्त चलचित्रलाई हेरेका थिए ।

यस्तै, गत कात्तिक १४ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘परान’ ले दर्शकको राम्रो साथ पाएको छ । वरिष्ठ कलाकार नीर शाह, मदनकृष्ण श्रेष्ठजस्ता दिग्गज अभिनेताले अभिनय गरेको उक्त चलचित्रमा बुबाछोराको कथालाई देखाइएको छ । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्र दर्शकबाट प्राप्त प्रतिक्रियाकै कारण घरेलु बजारमा राम्रो कमाइ गरिरहेको छ ।

उक्त चलचित्रले तीन रु करोड ७१ लाख ३६ हजार ५५३ कमाइ गरिसकेको छ ।  एक लाख २८ हजार ६७९ जनाले सो चलचित्र हेरेको र सुरुआती व्यापार कमजोर भए पनि चलचित्रले सकारात्मक प्रतिक्रिया पाउँदा चलचित्र भवनमा दर्शकको चाप बढेको निर्देशक आचार्यले बताए ।

 'हाम्रो चलचित्रलाई दर्शकले हेर्ने पर्ने भनी सिफारिस गरेको देखेका छौँ । बाउछोराको कथालाई धेरै दर्शकले आफ्नै कथाव्यथाका रुपमा लिएका छन् । आफ्नै  परिवारको कथालाई चलचित्रमा ढालेर तयार गरेको हुँ । यो कथा अहिले प्रायः घरघरको कथाव्यथाका रुपमा रहेको छ । दर्शकको माया, साथ सहयोग दिनप्रतिदिन बढ्दो छ, अपेक्षा गरिएभन्दा पनि राम्रो प्रतिक्रिया पाएको छु', निर्देशक आचार्यले स्पष्ट पारे ।  

उक्त चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पुजा चन्द, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् । यस्तै, गत कात्तिक २१ मा प्रदर्शन भएको दुई चलचित्र ‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन विनाको धन’ लाई दर्शकले प्रारम्भिक दिनमा साथ दिएका छन् । यद्यपि, यी दुईको व्यावसायिक विवरण अझै सार्वजनिक भएको छैन ।

समग्रमा चाडपर्वलाई लक्षित गर्दै प्रदर्शन भएका नेपाली चलचित्रलाई  दर्शकले मायाँ गरेको देखिन्छ । पछिल्ला वर्षमा नायक वा नायिकाको भूमिकाभन्दा पनि सामाजिक कथामा आधारित चलचित्रले बजार लिइरहेको देखिन्छ ।  विदेशी चलचित्रको तुलनामा नेपाली चलचित्रप्रति आकर्षण बढी राम्रो कमाइ गरिरहेको पाइन्छ । यसै सन्दर्भमा घरेलु बजारमा नेपाली चलचित्रले गरिरहेको कमाइले समग्र चलचित्र क्षेत्रलाई नै सकारात्मक सन्देश प्रवाह गरेको वितरक करण श्रेष्ठ बताए ।  


प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP