काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज एक तोला सुनको मोल पाँच हजार नाै सयले बढेकाे हाे ।
आज एक तोला सुनको मोल दुई लाख ५० हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार एक तोला सुनको मोल दुई लाख ४४ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै आज पाचँ रुपैँयाले चाँदीको मूल्य बढेकाे छ । एक ताेला चाँदीको मूल्य तीन हजार तीन सय ४५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएकाे छ । हिजाे साेही परिमाणकाे चाँदीको मूल्य तीन हजार एक सय ७५ रुपैयाँ निर्धारण भएको थियाे ।