Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जिट्को खारेजीका लागि अध्ययन गर्दै मन्त्रालय
जिट्को खारेजीका लागि अध्ययन गर्दै मन्त्रालय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २७, २०८२

काठमाडौं– सरकारले जापान इन्टरनेसनल टे«नी एण्ड स्किल्ड वर्कर को–अपरेसन अर्गनाइजेसन (जिट्को) खारेज गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसका लागि अध्ययन गरिरहेको छ । सहसचिव पिताम्बर घिमिरेको संयोजक रहेको समितिले यसबारे अध्ययन गरिरहेको मन्त्रालयले जानकारी दिएको छ ।

जापानले नेपालसहित भारत, पाकिस्तान, चीन, फिलिपिन्स, भुटान, कम्बोडियालगायत १६ वटा मुलुकबाट जिट्कोअन्तर्गत प्रशिक्षार्थी कामदार लैजाँदै आएको छ । तर, परिवर्तित अवस्थामा यो प्रणाली सान्दर्भिक नभएको भन्दै खारेज गर्न लागिएको मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका एक अधिकारीले बताए । 

व्यवसायीहरुले पटक–पटक जिट्कोको समस्या राखेकाले के रहेछ भनेर अध्ययन थालिएको हो । खारेज नै गर्ने भनेर अध्ययन थालेको होइन । अध्ययनबाट आउने निष्कर्षका आधारमा अघि बढ्छौं ।
पिताम्बर घिमिरे
प्रवक्ता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

उनका अनुसार जिट्को पुरानो व्यवस्था भएकाले यसलाई खारेज गर्दा रोजगारीमा असर गर्छ÷गर्दैन भनेर अध्ययन भइरहेको छ । ‘जापान आफैंले पनि हाल टेक्निकल इन्टर्न टे«निङ प्रोग्राम (टिआइपिटी) हुँदै अब इम्प्लोइमेन्ट फर स्किल डेभलपमेन्ट (इएसडी) कार्यान्वयन गर्ने तयारी गरिरहेको अवस्थामा जिट्को त्यति सान्दर्भिक पनि देखिएको छैन,’ ती अधिकारीले भने ।

Nada Auto Show 2026
Hardik health

मन्त्रालयले अध्ययन सकेपछि यसको निर्णय मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने भएकाले केही समय लाग्नसक्ने ती उनी बताउँछन् । मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव घिमिरेले भने व्यवसायीहरुले पटक–पटक जिट्कोको समस्या राखेकाले के रहेछ भनेर अध्ययन थालिएको बताए । खारेज नै गर्ने भनेर अध्ययन नथालेको भए पनि अध्ययनको निष्कर्षअनुसार अघि बढ्ने उनले बताए ।

जापानले सन् २०१७ मा जिट्को खारेज गरेर सोही वर्षबाटै टेक्निकल इन्टर्न कार्यक्रम सञ्चालनमा ल्याएको थियो । तर टेक्निकल इन्टर्नले पनि धेरै आलोचना खेप्दै आएको छ । यसअन्तर्गत गएका विदेशी इन्टर्नहरूले जागिर परिवर्तन गर्नमा कडाइ, लामो कार्यघण्टा, दुव्र्यवहारजस्ता समस्या झेल्नुपरेको गुनासो बढेपछि जापानले यसलाई प्रतिस्थापन गर्ने भनेर सन् २०२४ मै योजना बनाएको थियो ।

सन् २०२७ बाट लागू गर्ने भनिएको इएसडीमाथि विशेषज्ञ टोलीले छलफल गरेपछि मन्त्रिपरिषद्बाट यसै वर्षभित्र अनुमोदन हुने अपेक्षा गरिएको छ । यो टेक्निकल इन्टर्नभन्दा पारदर्शी हुने र सीपयुक्त कामदारलाई आकर्षित गर्ने बताइँदै आएको छ । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि टेक्निकल इन्टर्न भिसामा गएकाहरु स्पेसिफाइड स्किल वर्कर (एसएसडब्ल्यू)मा रुपान्तरित हुने जनाइएको छ । यस्ता कामदारहरु पाँच वर्षसम्म काम गर्न र स्थायी बासिन्दा बन्न योग्य हुने प्रावधानसमेत रहेको छ । मन्त्रालयले नयाँ प्रावधानको विषयमा पनि अध्ययन गर्ने प्रवक्ता घिमिरेले बताएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार हाल जिट्कोको लाइसेन्स लिएका ४८२ व्यवसायी छन् । सरकारबाट इजाजतप्राप्त भएर पनि जापानको काम गर्न छुट्टै अनुमतिपत्र लिनुपर्ने प्रावधानप्रति व्यवसायीहरुले विगतदेखि नै असन्तुष्टि जनाउँदै आएका छन् । त्यस्तै भाषा परीक्षाका नाममा अनावश्यक दुःख दिएर कामदारको भिसा रद्द हुने अवस्थामा पुग्ने गरेको उनीहरुको आरोप छ ।

जिट्कोअन्तर्गत जाइका अलुमनाइ एसोसिएसन नेपाल (जान)ले जापान जाने प्रशिक्षार्थी कामदारहरूको जापानी भाषा तथा संस्कृतिसम्बन्धी परीक्षा लिँदै आएको छ । जान जापानबाट फर्किएका नेपालीहरुको संस्था हो । जापानबाट कम्पनीको आधिकारिक व्यक्ति आएर कामदारको भिसा जारी गरिसकेको अवस्थामा पनि जानले परीक्षा लिएर पटक–पटक फेल गराएको व्यवसायीले बताउँदै आएका छन् । यो प्रावधान खारेज गर्नुपर्ने भन्दै उनीहरुले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएकाले यसको अध्ययन थालिएको मन्त्रालयले जानकारी दिएको छ । 

पछिल्लो समयमा जापानको रोजगारीमा नेपाली कामदारको आकर्षण बढ्दो छ । गत आर्थिक वर्षमा २३ हजार ७१ जना श्रम स्वीकृति लिएर जापान गएको तथ्यांक छ । जसमा संस्थागत माध्यमबाट भने एक हजार ५८१ जनामात्र गएका थिए । त्यस्तै आव २०८०÷८१ मा १३ हजार ८६४ जना जापान गएकामध्ये एक हजार २०१ जनामात्र संस्थागत माध्यमबाट गएका थिए । हाल जानको परीक्षाका कारण कतिपय कामदार जापान जानबाट वञ्चित भएकाले यो खारेज भएपछि जानेहरुको संख्या पनि बढ्न सक्ने अपेक्षा गरिएको छ ।
 


प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP