काठमाडौं- समृद्धि फाइनान्सले २४ औँ वार्षिकोत्सव उत्साहजनक साथ मनाएकाे छ । मंगलबार समृद्धि फाइनान्सका व्यवस्थापन सदस्य, कर्मचारी र ग्राहक हरुको सक्रिय सहभागितामा वार्षिकोत्सव सम्पन्न गरेकाे हाे ।
फाइनान्सका सबै शाखाहरूका कर्मचारीहरू र बचतकर्ताको उपस्थितीमा केक काटेर खुसियालीका साथ मनाएकाे छ । कार्यक्रमले संस्थाको २४ वर्षको सेवा वृद्धि, समुदाय र सरोकारवालाहरूको आर्थिक तथा व्यक्तिगत हितका लागि गरेको समर्पणलाई जोड दिएकाे छ ।
समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।
साथै समृद्धि फाइनान्स र पोखरा फाइनान्स एक अर्कामा गाभिने प्रक्रियामा रहेको छ |