काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज एक तोला सुनको मोल दुई हजार तीन सयले बढेकाे हाे ।
आज एक तोला सुनको मोल दुई लाख ४४ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार एक तोला सुनको मोल दुई लाख ४६ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे । तेजवी सुनकाे मूल्य भने प्रति दश ग्राम दुई लाख नाै हजार चार सय पचास रुपैँयामा काराेबार हुँदै छ ।
त्यस्तै आज पाचँ रुपैँयाले चाँदीको मूल्य बढेकाे छ । एक ताेला चाँदीको मूल्य तीन हजार एक सय ७५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएकाे छ । हिजाे साेही परिमाणकाे चाँदीको मूल्य तीन हजार एक सय ७० रुपैयाँ निर्धारण भएको थियाे ।