काठमाडौं -सिद्धार्थ बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेल प्रा. लि. बिच सम्झौता भई बैंकका ग्राहकहरुलाई माउन्ट अफ एक्सेलमा ४०% सम्मको छुट गर्ने भएको हाे ।
सम्झौता अनुसार गोकर्णेश्वर, काठमाडौंस्थित माउन्ट अफ एक्सेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा ४०% सम्मको छुट प्राप्त गर्न सकिनेछ ।
यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गरी सेवा लिन सकिने जनाइएकाे छ ।