Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमिकको मृत्यु रोक्न अभिमुखीकरण तालिम निस्प्रभावी
पाठ्यक्रम परिमार्जन गर्नुपर्नेमा व्यवसायीको जोड श्रमिकको मृत्यु रोक्न अभिमुखीकरण तालिम निस्प्रभावी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २४, २०८२

काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रभावकारी नहुँदा रोजगारीका क्रममा हुने मृत्यु न्यूनीकरण गर्न नसकिएको सरोकारवालाहरुले बताएका छन् । अभिमुखीकरण तालिमको पाठ्यक्रम परिमार्जन गर्नु अपरिहार्य भएकोमा उनीहरुको जोड छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको दुर्घटना, मानसिक समस्या, विभिन्न बिरामीलगायतका कारण मृत्यु भएको अवस्था छ । यसलाई न्यूनमा झार्न रोजगारीमा जानुअघि दिइने अभिमुखीकरणको ठूलो भूमिका हुने बताइन्छ । जुनसुकै मुलुक जानेहरुमा आर्थिक अभावका कारण तनाव, डिप्रेसनजस्ता समस्या बढेकाले वित्तीय साक्षरता र मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरणमा जोड दिनुपर्ने प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका वरिष्ठ उपाध्यक्ष डिकबहादुर खत्रीले बताए । 

‘२०७२ को भूकम्प र कोभिडपछि आर्थिक मानिसहरुमा तनाव बढेको देखिन्छ । त्यसैले मानसिक स्वास्थ्यसम्बन्धी तालिम रोजगारीमा जानेहरुलाई अनिवार्य जस्तो देखिन्छ । व्यवसायीहरुले पनि पठाउनु अघि वित्तीय सुरक्षा र मेन्टल हेल्थबारे जानकारी दिनुपर्ने अवस्था छ । मैले त्यो गर्दै आएको छु,’ खत्रीले भने, ‘आफूले पठाएका श्रमिकलाई सरकारले दिनेबाहेक आफ्नै कार्यालयमा तीन घण्टाजतिको अभिमुखीकरण दिएर कमाएको पैसाको व्यवस्था कसरी गर्ने, स्वाथ्यसँग सम्बन्धित विषय, मानसिक स्वास्थ्य, खानपानका विषयमा जानकारी दिने हो भने धेरैसम्म न्यूनीकरण हुनसक्छ ।’

सरकारले समयसापेक्ष पाठ्यक्रम परिमार्जन नगरिदिँदा यो समस्या आएको नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघको भनाइ छ । श्रमिकहरुलाई अद्यावधिक भएको पाठ्यक्रमअनुसार पढाएको अवस्थामा सामान्य कारणले मृत्यु हुने क्रम धेरै हदसम्म न्यूनीकरण गर्न सकिने महासंघका अध्यक्ष राजाराम गौतमको भनाइ छ । 

Nada Auto Show 2026
Hardik health

अभिमुखीकरणका लागि चारवटा आवश्यकता पूरा भएपछि मात्र यो समस्या न्यूनीकरण हुने उनी बताउँछन् । ‘पहिलो अपडेटेड पाठ्यक्रम बनाउनुपर्‍यो । दोस्रोमा, पाठ्यक्रममा संशोधन भएका विषयवस्तु अनुसार प्रशिक्षकलाई तालिम दिनपर्‍यो, त्यसपछि पाठ्यक्रमलाई ६० प्रतिशत श्रव्यदृश्य बनाउनपर्‍यो र सिकाइ मूल्यांकनको व्यवस्था गर्नुपर्‍या‍‍े । त्यसपछि बल्ल किन काम भएन भनेर प्रश्न गर्न सकिन्छ,’ गौतमले भने ।

गत आवमा मृत्यु हुने मलेसियामा सबैभन्दा धेरै
गत आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी रोजगारीका लागि मलेसिया गएका श्रमिकहरुको मृत्यु भएको पाइएको छ । वैदेशिक रोजगार बोर्डले आफ्नो वार्षिक प्रतिवेदनमा सार्वजनिक गरेको तथ्यांकअनुसार गएको एक वर्षमा ३९४ जना नेपाली कामदारको मलेसियामा मृत्यु भएको देखिन्छ ।

उक्त आवमा नेपालीहरु रोजगारीका लागि १५१ वटा मुलुकमा गएका थिए । जसमध्ये ३१ वटा मुलुकमा एक हजार ५४४ जनाको ज्यान गएको पाइएको छ । मलेसियापछि साउदी अरेबियामा ३३५ जना र संयुक्त अबर इमिरेट्स (युएई)मा ३११ जनाको ज्यान गएको तथ्यांक छ । त्यसपछि कतारमा २५२ र कुवेतमा ८४ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसका साथै नेपालीहरु धेरै जाने बहराइनमा २५, रोमानियामा २४, दक्षिण कोरियामा १९, ओमानमा १५, क्रोएसियामा १४ तथा जापान र मरिससमा १३/१३ जनाको मृत्यु भएको पाइएको छ ।
सबैभन्दा धेरै ३२९ जना श्रमिकको विरामी भएर मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । यसपछि हृदयघातले २२४, प्राकृतिक मृत्युबाट २१२, आत्महत्याबाट १९१, सडक दुर्घटनाबाट १७६ र बाँकी श्रमिकको अन्य कारणले मृत्यु भएको जनाइएको छ । गत आवमा मृत्यु भएकामध्ये ५० जनाको मृत्युको कारण अनुसन्धान भइरहेको उल्लेख गरिएको छ भने ३० जनाको मृत्युको कारण थाहा नभएको बताइएको छ ।

रोजगारीमा सबैभन्दा बढी धनुषा, झापा, सिरहा, मोरङ, महोत्तरी, सुनसरी, महोत्तरीलगायतका जिल्लाबाट श्रमिकहरु जाने गरेका छन् । सबैभन्दा बढी रोजगारीमा जाने जिल्लाकै श्रमिक बढी मृत्यु भएको तथ्यांक छ । अघिल्लो आवमा सबैभन्दा बढी सिरहाका १०८ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । त्यस्तै धनुषाका ८१, झापाका ८०, दाङका ६८, मोरङका ६५, सुनसरीका ६२ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् ।

उक्त एक वर्षमा बोर्डले मृतकका आफन्तलाई एक अर्ब ११ करोड ९४ लाख ६० रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । बोर्डले सहायताबापत १० लाख, सात लाख र २५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । सरकारले वैदेशिक रोजगार नियमावलीको छैटौं संशोधनपछि गत कात्तिक ८ गते यता मृत्यु भएकाहरुलाई १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिँदै आएको छ । उक्त मितिअघि मृत्यु भएको र करार अवधि बाँकी नै रहेको अवस्थामा सात लाख र करार अवधि सकिएकाहरुले २५ हजार रुपैयाँ सहायता पाउँदै आएका छन् ।
 


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP