काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । आज एक तोला सुनको मोल दुई सयले बढेकाे छ ।
आज एक तोला सुनको मोल दुई लाख ३८ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
शुक्रबार एक तोला सुनको मोल दुई लाख ३८ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थिए ।
आज पाँच रुपैँयाले चाँदीको मूल्य घटेकाे छ । एक ताेला चाँदीको मूल्य तीन हजार १५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएकाे छ ।
शुक्रबार साेही परिमाणकाे चाँदीको मूल्य तीन हजार २०रुपैयाँ निर्धारण भएको थियाे ।