Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जेन–जी आन्दोलनपछि बन्द युएई रोजगारी खुलाउन भएन कूटनीतिक पहल
जेन–जी आन्दोलनपछि बन्द युएई रोजगारी खुलाउन भएन कूटनीतिक पहल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २३, २०८२

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)को रोजगारी करिब दुई महिनादेखि बन्द छ । गत भदौ २३ र २४ को जेन–जी आन्दोलनलाई कारण देखाउँदै युएईले नेपाली श्रमिकलाई भिसा दिएको छैन ।

नेपालीहरुको प्रमुख रोजगार गन्तव्यमध्येको एक युएई बन्द हुँदा वैदेशिक रोजगार व्यवसायी र युएई जाने तयारीमा रहेका श्रमिकहरु प्रभावित भएका छन् । तर, अहिलेसम्म सरकारले कूटनीतिक पहल गरेको छैन । मुलुकको प्रमुख रोजगार गन्तव्यले भिसा नदिँदा पनि खुलाउने प्रयास नगरेकोप्रति वैदेशिक रोजगार व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।

कहिलेबाट खोल्ने भन्ने युएईको आन्तरिक विषय हो तर नेपालले फरार कैदीबन्दी युएई आउँदैनन्, आउन नदिनका लागि यस्ता रणनीति बनाएका छौं भनेर कूटनीतिक पहल त गर्नुपथ्र्यो, आजसम्म कुनै पहल भएको छैन । युएईको राजदूतले तदारुकता नै देखाएनन् ।
महेशकुमार बस्‍नेत
महासचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

गएको भदौ ३० गतेपछि युएईले नेपालीका लागि भिजिट भिसा र कामदार भिसा बन्द गरेको हो । जेन–जी आन्दोलनका क्रममा देशभरका कारागारबाट कैदीबन्दी भाग्नुलाई मुख्य कारण देखाइएको छ । कारागारबाट भागेका तथा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरु युएई प्रवेश गर्नसक्ने आशंकामा बन्द गरेको बताइएको छ । यद्यपि, त्यहाँको सरकारले आधिकारिकरुपमा यस विषयमा कुनै जानकारी दिएको छैन ।

Nada Auto Show 2026
Hardik health

प्रमुख गन्तव्य मुलुक नै बन्द हुँदा व्यवसायी र श्रमिक त मारमा परेका छन् नै यसले मुलुकको अर्थतन्त्रलाई पनि धेरै ठूलो असर गर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले बताए । नेपालका सबै नागरिक अपराधी होइनन् र आपराधिक पृष्ठभूमि भएकाहरुलाई कुनै हालतमा युएई छिर्न दिँदैनौं भनेर त्यहाँको सरकारलाई विश्वस्त बनाउन कूटनीतिक पहल नभएको उनको भनाइ छ ।

‘कहिलेबाट खोल्ने भन्ने युएईको आन्तरिक विषय हो तर नेपालको विषयवस्तुचाहिँ नेपालका कैदीबन्दी भागेर युएई आइपुग्दैनन्, नआइपुग्नका लागि यस्ता रणनीति बनाएका छौं भनेर राजदूतले केही पहल त गर्नुपथ्र्यो नि !,’ महासचिव बस्नेतले भने, ‘हामीले थाहा पाएसम्म आजसम्म कुनै कूटनीतिक पहल भएको छैन । यत्रो अन्तर्राष्ट्रिय समन्वय गर्न गएको राजदूतले तदारुकता देखाउन पर्दैन ?’

भागेका कैदीबन्दीको पुलिस रिपोर्ट लिने, उनीहरुको विवरण निकालेर प्रहरीले कालोसूचीमा राखिदिने र उक्त विवरण युएईलाई पनि पठाइदिनेलयायतका उपायहरु भए पनि सम्बन्धित निकाय चुप लागेर बसेको उनले बताए । युएईस्थित नेपाली राजदूतले जागिर खानेबाहेक केहि काम नगरेको बस्नेतको आरोप छ । ‘युएईमा नेपाल सरकार भनेकै दूतावास हो । स्पष्टरुपमा दूतावासले काम गर्न सकेन,’ उनले भने, ‘अरु देशका राजदूतहरु सक्रियताका साथ हाम्रो विषयमा बताउनुहुन्छ, बोल्नुहुन्छ, लबिइङ गर्नुहुन्छ । युएईको राजदूतचाहिँ जागिर मात्रै खाइरहनुभएको छ ।’

हाम्रो दूतावासले युएईका उच्च पदाधिकारीलाई बुझाउन नसक्नु कूटनीतिक कमजोरी हो । हाम्रा कूटनीतिज्ञहरुले जेन–जी आन्दोलन यस्तो हो, यसले कुनै पनि हिसाबले तपाईंहरुलाई प्रभाव पार्दैन भनेर बुझाएको देखिँदैन ।
डा. गणेश गुरुङ
श्रमविद्

 

गत दुई आर्थिक वर्षको तथ्यांक हेर्दा दैनिक पाँचदेखि ७०० भन्दा बढी नेपाली श्रमिक संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर युएई गएको देखिन्छ । संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर मात्र दैनिक साढे तीन सयदेखि साढे पाँच सयसम्म कामदार जाने गरेका छन् । अघिल्लो आव २०८१/८२ मा दुई लाख ७४ हजार ५९० जना श्रमिक युएई गएका थिए । यो संख्या कुनै एक आर्थिक वर्षमा एउटा मुलुक गएको हालसम्मकै ठूलो संख्या हो ।

जेन–जी आन्दोलनपछि युएईले नेपाली श्रमिकलाई गम्भीररुपमा हेरेको अवस्थामा त्यहाँ भएका कूटनीतिज्ञले बुझाउन नसकेको श्रमविद् डा.गणेश गुरुङको तर्क छ । ‘हाम्रो दूतावासले युएईका उच्च पदाधिकारीलाई बुझाउन नसक्नु कूटनीतिक कमजोरी हो । हाम्रा कूटनीतिज्ञहरुले जेन–जी आन्दोलन यस्तो हो, यसले कुनै पनि हिसाबले तपाईंहरुलाई प्रभाव पार्दैन भनेर बुझाएको देखिँदैन,’ गुरुङले भने ।

राजदूतहरुमा आफूले पूरा गर्नुपर्ने जिम्मेवारीबोध नभएको र उसलाई नियुक्त गर्नेहरुको पनि यसप्रति ध्यान जान नसकेको उनी बताउँछन् । श्रमविद् गुरुङले पनि कूटनीतिज्ञहरुमा जागिरे प्रवृत्ति हावी भएको तर्क गरे । ‘हाम्रा कूटनीतिज्ञहरुको काम गरे पनि जागिर पाक्छ, नगरे पनि पाक्छ । राजदूतहरुलाई आफ्नो दायित्वबोध नै भएन,’ उनी भन्छन्, ‘उसलाई जसले नियुक्त गरेको हो, उसलाई नै मतलब छैन । त्यस्तै, राजदूतहरुमा पनि मोटिभेसन छैन ।’ वर्तमान सरकार चुनावलगायत अन्य विषयमा केन्द्रित हुँदा यो विषय प्राथमिकतामा नपरेको गुरुङले बताए ।

ठूलो संख्यामा श्रमिक जान बन्द हुँदा कामदारको परिवारलाई सोझै असर पर्ने र अन्त्यमा मुलुककै अर्थतन्त्रमा यसको असर देखिने उनको भनाइ छ । यसअघि परराष्ट्र मन्त्रालयले यस विषयमा दूतावासहरुसँग समन्वय भइरहेको र विस्तारै उक्त अवस्था सामान्य हुँदै जाने बताएको थियो । तर अहिलेसम्म श्रमिक लैजाने प्रक्रिया सञ्चालन हुन सकेको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारी परराष्ट्र र श्रम दुवैमा विभागीय मन्त्री नहुँदा यस्ता धेरै कूटनीतिक पहलहरु अघि बढ्न नसकेको बताउँछन् । मन्त्री नियुक्त हुन नसक्दा हाल यी दुवै मन्त्रालय प्रधानमन्त्री सुशीला कार्की आफैंले हेरिरहेका छन् ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP