Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २१, २०८२
  • कोरिया रोजगारीको सुनिश्चितता माग्दै इपिएस भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका युवाहरु प्रदर्शनमा
  • रोस्टर अवधि सकिन लागेपछि उत्पादन क्षेत्र, कृषि तथा पशुपालन, सीप बिल्डिङ क्षेत्रमा जाने प्रतीक्षामा रहेकाहरु निराश
  • भाषा परीक्षा उत्तीर्ण हुनु रोजगारीको ग्यारेण्टी होइन भन्नका लागि आफूहरुले कुनै चिट्ठा नभरेको भनाइ
  • उत्तीर्ण भएपछि नलग्ने भए परीक्षा दिने व्यवस्था खारेज गर्नुपर्ने माग

काठमाडौं– कोरिया रोजगारीको सुनिश्चितता माग्दै इपिएस भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका युवाहरु प्रदर्शनमा उत्रिएका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा परेको वर्षौं बित्दासमेत कोरिया जान नपाएकाहरुले बिहीबार ग्वार्कोस्थित वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखा घेराउ गरेका हुन् ।

रोस्टर अवधि सकिन लागेका उत्पादन क्षेत्र, कृषि तथा पशुपालन, सीप बिल्डिङलगायतका क्षेत्रमा जाने प्रतीक्षामा रहेकाहरु घेराउका लागि पुगेका थिए । आन्दोलनमा सहभागी भक्तपुर दुवाकोटका सुमन थिङले भाषा परीक्षा उत्तीर्ण हुनु रोजगारीको ग्यारेण्टी होइन भन्नका लागि आफूहरुले कुनै चिट्ठा नभरेको बताए । ‘यत्रो वर्षको कम्ती समय छ, आर्थिक लगानी भएको छ । त्यसमाथि पनि मानसिक तनाव छुट्टै छ,’ थिङले भने, ‘जसलाई भेटे पनि कहिले कोरिया जाने भनेर सोध्छन् । के जवाफ दिने ?’ यस्तो महँगीमा तीन वर्ष तयारी गरेर परीक्षा दिएको र त्यसयता नाम पर्खिएको झण्डै दुई वर्ष पुग्न लागेको गुनासो उनको छ ।

त्यस्तै, सिबिटीको परीक्षा दिएका पाँचथरका सफल मगरले कि कोरिया लग्ने ग्यारेण्टी गर्नुपर्ने कि इपिएस नै बन्द गर्नुपर्ने बताएका छन् । ‘रोस्टरमा भएका सबैलाई कि कोरिया लग्ने ग्यारेण्टी गर्नुपर्‍यो, कि इपिएस बन्द गर्नुपर्‍यो । यसरी गरिब नेपालीको पैसा र समय लुटिनेमात्र हो,’ मगरले भने । यदि नलग्ने भए परीक्षा दिने व्यवस्था खारेज गर्नुपर्ने भन्दै उनले आक्रोश पोखे ।

Nada Auto Show 2026
Hardik health

सन् २०२२/२३ को भाषा परीक्षामा पास भएकाहरुको रोस्टर अवधि सकिन लागेको अवस्था छ । हाल कृषि तथा पशुपालन, सीप विल्डिङ र उत्पादन क्षेत्रमा १७ हजारभन्दा बढीको रोस्टरमा नाम निस्किएर छनोटको पर्खाइमा छन् । अझ कृषि तथा पशुपालन क्षेत्रतर्फ त अर्को परीक्षा नभए रोस्टर नै खाली हुने अवस्था छ । यसतर्फ सन् २०२३ मा भएको परीक्षा नै पछिल्लो परीक्षा हो । त्यसबेला परीक्षा दिएकाहरुको रोस्टर अवधि करिब साढे दुई महिनामात्र बाँकी रहेको जनाइएको छ । साढे दुई महिनाभित्र नयाँ परीक्षा नभए कृषितर्फ जाने कामदार नै नहुने देखिन्छ ।

विगतकै परीक्षाबाट पास भएकाहरु ठूलो संख्यामा रहेकाले रोस्टर अवधि थप हुनुपर्ने र नयाँ परीक्षा लिन नहुने माग उनीहरुको छ । त्यस्तै, आन्दोलनमा सहभागी कतिपयले दुई वर्षको रोस्टर अवधिमा कम्पनीमा एक पटक पनि फाइल नपुगेको भन्दै शाखाप्रति आक्रोशसमेत पोखेका छन् । इपिएसले भने कामदार छनोटको कुनै प्रक्रियामा आफ्नो भूमिका नहुने बताउँदै आएको छ ।

शाखाका अनुसार सन् २००८ यता भाषा परीक्षा उत्तीर्ण भएर एक लाख २० हजारभन्दा बढी श्रमिकले कोरियामा रोजगारीको अवसर पाएका छन् । कोरियामा नेपालसहित १७ वटा मुलुकबाट श्रमिक जाने गरेका छन् । इपिएसमार्फत अन्य मुलुकको तुलनामा नेपालबाट बढी श्रमिक लग्दै आएको शाखाको भनाइ छ । 

 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP