काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।
आज एक तोला सुनको मोल दुई लाख ३८ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे एक तोला सुनको मोल दुई लाख ३७ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
एक ताेला चाँदीको मूल्य तीन हजार २० रुपैयाँ निर्धारण भएको महासंघले जनाएकाे छ ।
हिजाे साेही परिमाणकाे चाँदीको मूल्य तीन हजार १० रुपैयाँ निर्धारण भएको थियाे ।