गण्डकी– प्रकाशन संस्था फाइनप्रिन्टद्वारा आयोजित घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ बुधबार पोखरामा हुँदैछ । एकदिने उक्त साहित्य उत्सवमा विभिन्न लेखक तथा कलाकारले पाठकसँग प्रत्यक्ष संवाद गर्नेछन् ।
कार्यक्रममा महानायक राजेश हमाल, लेखक सुविन भट्टराई र डा नवराज केसी सहभागी हुने स्थानीय आयोजक ¥यान्डम रिडर्स सोसाइटीले जनाएको छ । महानायक हमालको हालै प्रकाशित पुस्तक ‘युगदेखि युगसम्म’, लेखक भट्टराईको ‘चमेलीको फूल, बैजनी रुमाल’ र डा केसीको ‘स्वस्पर्श’बारे विभिन्न सत्रमा छलफल हुनेछ । महानायक हमालसँग अपिल त्रिपाठी, लेखक डा केसीसँग उपेन्द्र पौडेल र सुविन भट्टराईसँग सनिशा भट्टराईले संवाद गर्ने कार्यक्रम छ । उक्त अवसरमा लेखकसँग पुस्तक हस्ताक्षर कार्यक्रम पनि रहेको छ ।
न्यूरोडको सिटी स्क्वायर ब्याङ्क्वेटमा आयोजना हुने साहित्य उत्सव अपराह्न २ः०० देखि सुरु भई साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा प्रवेश निःशुल्क गरिएको स्थानीय आयोजक र्यान्डम रिडर्स सोसाइटीले जनाएको छ । यसअघि चितवनलगायत जिल्लामा ‘फाइनप्रिन्ट फिभर’ आयोजना गरिएको थियो ।