काठमाडौं – सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा दुई लाख ३९ हजार ९०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै चाँदीको पनि भाउ घटेको छ । हिजो चाँदीको मूल्य तीन हजार १५ रुपैयाँ भएकोमा आज ३५ रुपैयाँले घटेर २ हजार ९८० रुपैयाँ किनबेच हुँदै छ ।
तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ र चाँदी तोलामा दुई सय १०० रुपैयाँले घटेको हो । कात्तिक ३ गते सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ र त्यति नै तौलको चाँदी तीन हजार २८०रुपैयाँ मा कारोबार भएको थियो ।