काठमाडौं– स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको छ ।
आज सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतबार प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर तीन हजार २८० रुपैयाँमा खरिदबिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।