Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
  • #भेप_हानिकारक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • तिहारमा परदेशीको पीडाः मोबाइल हेरेर चित्त बुझाउनुपर्छ 
तिहारमा परदेशीको पीडाः मोबाइल हेरेर चित्त बुझाउनुपर्छ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २, २०८२

 

हामी चार जना दिदीबहिनीपछि दुई जना भाइहरु छन् । चाडबाडको समयमा सबै जना एकै ठाउँ हुँदा घरै भरिभराउ हुन्थ्यो । भाइहरुलाई कुन–कुन फूलको माला राम्रो हुन्छ भनेर खोज्न जान्थ्यौं । माला उन्थ्यौं । सबै कुरा एकदम मिस भइरहेको छ । 
कमला अधिकारी
खोटाङ (हाल जापान)

काठमाडौं– मोरङको विराटनगरका प्रल्हाद खड्का करिब १५ वर्षदेखि कतारको निर्माण क्षेत्रमा श्रमिकका रुपमा कार्यरत छन् । ३७ वर्षीय खड्काले विदेसिएपछि एक पटक पनि स्वदेशमा तिहार मनाउन नपाएको बताए । यसपटकको तिहार पनि दिदीबहिनीको साथमा मनाउन नपाइने भएपछि खल्लो लागेको उनी बताउँछन् ।

दिदीबहिनीसँग तिहार नमनाएको त कति भयो कति, यता आएदेखि मनाउन पाएको छैन । नराम्रो लाग्छ नि । जहिले पनि भाइटीकामा भिडियो कल गरेर टीका लगाइदिएजस्तो गर्नुहुन्छ । मन नै भारी भएर आउँछ ।
प्रल्हाद खड्का
मोरङ (हाल कतार)
 

Hardik health

‘मेरो एक जना बहिनी र एक जना दिदी हुनुहुन्छ । पछिल्लो चोटि सन् २०२३ मा छुट्टी पाएको थिएँ तर दसैंमात्र मनाएर फर्किनुपर्‍यो,’ उनले प्रभावसँगको कुराकानीमा भने, ‘दिदीबहिनीसँग तिहार नमनाएको त कति भयो कति, यता आएदेखि मनाउन पाएको छैन । नराम्रो लाग्छ नि । जहिले पनि भाइटीकामा भिडियो कल गरेर टीका लगाइदिएजस्तो गर्नुहुन्छ । मन नै भारी भएर आउँछ ।’

कैलाली अत्तरियाका सन्तोष विष्ट पनि चार वर्षदेखि खड्कासँगै काम गर्दै आएका छन् । ३१ वर्षीय विष्ट परदेशीलाई चाडबाड नआउने बताउँछन् । ‘चाडबाड भनेको र परिवारसँगै भए पो रमाइलो हुन्छ । यहाँ त कामको मात्र ध्यान हो,’ विष्टले भने, ‘फोनमा बोल्यो । उता घरमा कसरी मनाउँदै छन् भनेर भिडियो कल गरेर हे¥यो, पुगेन भने पैसा पठाइदियो त्यही हो ।’

अत्तरियामा आफूहरुले खेल्ने गरेको देउसी र देउडाको धेरै सम्झना आउने उनले बताए । अरुको भाइटीकाका तस्बिरहरु देख्दा छिट्टै सँगै तिहार मनाउन आउने भनेर बहिनीलाई भन्ने गरेको विष्टले सुनाए । ‘एउटी बहिनी छे । उसको हातबाट टीका लगाउन नपाएको धेरै भइसक्यो,’ उनले प्रभावसँग भने, ‘चाँडै फर्किन्छु त भनिदिन्छु तर के हुन्छ ठेगान छैन ।’

खड्का र विष्टजस्तै खोटाङको रुपाकोट मझुवागढीकी कमला अधिकारी पनि तिहारमा घर सम्झिरहेकी छन् । गत वर्ष जापान गएकी २७ वर्षीया कमला केयर वर्करका रुपमा कार्यरत छिन् । घरपरिवारबाट टाढा हुँदा चाडबाडको समयमा निकै गाह्रो भएको उनले सुनाइन् । नेपालमा तिहार भित्रिइसक्दा आफू भने आफ्ना भाइहरुलाई धेरै सम्झिन थालेको उनले बताइन् ।

‘हामी चार जना दिदीबहिनीपछि दुई जना भाइहरु छन् । चाडबाडको समयमा सबै जना एकै ठाउँ हुँदा घरै भरिभराउ हुने,’ उनले प्रभावसँग भनिन्, ‘हामी दिदीबहिनी घर सफासुग्घर गरेर सजाउँथ्यौं । भाइहरुलाई कुन–कुन फूलको माला राम्रो हुन्छ भनेर खोज्न जान्थ्यौं । माला उन्थ्यौं । सबै कुरा एकदम मिस भइरहेको छ । घरबाट कल गरिरहनुभएको छ । फोनमा कुरा गर्न नि गाह्रो हुनेरहेछ । पहिलोपटक घरबाट टाढा भएर होला ।’

दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध अनि झिलिमिली बत्तीको पर्व तिहार प्रवासी नेपालीहरुका लागि भने सम्झनामै सीमित हुने गरेको छ । आफ्नो घरमा बलेको दियो र बत्तीको उज्यालो उनीहरुको मोबाइल र ल्यापटपको स्क्रिनसम्ममात्र आइपुग्छ । विशेष अर्थ बोकेको तिहारको देउसीभैलो र दाजुबहिनीको टीका सामाजिक सञ्जाल र मोबाइलका रेकर्डहरुमा हेरैरै चित्त बुझाउनपरेको उनीहरु बताउँछन् । कतिपयले भने ‘भर्चुअल’ माध्यमबाटै टीका लगाउने गरेका छन् ।

हाल ३५ लाखभन्दा बढी नेपाली रोजगारीका लागि विभिन्न मुलुकमा रहेको सरकारी तथ्यांक छ । विशेषगरी संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, मलेसिया, कतार, दक्षिण कोरियाजस्ता मुलुकमा लाखौं नेपाली श्रमिकहरु कार्यरत छन् । उनीहरुले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ । तर सामाजिक तथा सांस्कृतिक पर्वहरुमा भने परिवारसँगै हुन नपाउँदा उनीहरुमा मनोवैज्ञानिक असरसमेत पर्ने गरेको बताइन्छ ।

 


प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP