Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • तिहारमा परदेशीको पीडाः मोबाइल हेरेर चित्त बुझाउनुपर्छ 
तिहारमा परदेशीको पीडाः मोबाइल हेरेर चित्त बुझाउनुपर्छ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २, २०८२

 

हामी चार जना दिदीबहिनीपछि दुई जना भाइहरु छन् । चाडबाडको समयमा सबै जना एकै ठाउँ हुँदा घरै भरिभराउ हुन्थ्यो । भाइहरुलाई कुन–कुन फूलको माला राम्रो हुन्छ भनेर खोज्न जान्थ्यौं । माला उन्थ्यौं । सबै कुरा एकदम मिस भइरहेको छ । 
कमला अधिकारी
खोटाङ (हाल जापान)

काठमाडौं– मोरङको विराटनगरका प्रल्हाद खड्का करिब १५ वर्षदेखि कतारको निर्माण क्षेत्रमा श्रमिकका रुपमा कार्यरत छन् । ३७ वर्षीय खड्काले विदेसिएपछि एक पटक पनि स्वदेशमा तिहार मनाउन नपाएको बताए । यसपटकको तिहार पनि दिदीबहिनीको साथमा मनाउन नपाइने भएपछि खल्लो लागेको उनी बताउँछन् ।

दिदीबहिनीसँग तिहार नमनाएको त कति भयो कति, यता आएदेखि मनाउन पाएको छैन । नराम्रो लाग्छ नि । जहिले पनि भाइटीकामा भिडियो कल गरेर टीका लगाइदिएजस्तो गर्नुहुन्छ । मन नै भारी भएर आउँछ ।
प्रल्हाद खड्का
मोरङ (हाल कतार)
 

Hardik health

‘मेरो एक जना बहिनी र एक जना दिदी हुनुहुन्छ । पछिल्लो चोटि सन् २०२३ मा छुट्टी पाएको थिएँ तर दसैंमात्र मनाएर फर्किनुपर्‍यो,’ उनले प्रभावसँगको कुराकानीमा भने, ‘दिदीबहिनीसँग तिहार नमनाएको त कति भयो कति, यता आएदेखि मनाउन पाएको छैन । नराम्रो लाग्छ नि । जहिले पनि भाइटीकामा भिडियो कल गरेर टीका लगाइदिएजस्तो गर्नुहुन्छ । मन नै भारी भएर आउँछ ।’

कैलाली अत्तरियाका सन्तोष विष्ट पनि चार वर्षदेखि खड्कासँगै काम गर्दै आएका छन् । ३१ वर्षीय विष्ट परदेशीलाई चाडबाड नआउने बताउँछन् । ‘चाडबाड भनेको र परिवारसँगै भए पो रमाइलो हुन्छ । यहाँ त कामको मात्र ध्यान हो,’ विष्टले भने, ‘फोनमा बोल्यो । उता घरमा कसरी मनाउँदै छन् भनेर भिडियो कल गरेर हे¥यो, पुगेन भने पैसा पठाइदियो त्यही हो ।’

अत्तरियामा आफूहरुले खेल्ने गरेको देउसी र देउडाको धेरै सम्झना आउने उनले बताए । अरुको भाइटीकाका तस्बिरहरु देख्दा छिट्टै सँगै तिहार मनाउन आउने भनेर बहिनीलाई भन्ने गरेको विष्टले सुनाए । ‘एउटी बहिनी छे । उसको हातबाट टीका लगाउन नपाएको धेरै भइसक्यो,’ उनले प्रभावसँग भने, ‘चाँडै फर्किन्छु त भनिदिन्छु तर के हुन्छ ठेगान छैन ।’

खड्का र विष्टजस्तै खोटाङको रुपाकोट मझुवागढीकी कमला अधिकारी पनि तिहारमा घर सम्झिरहेकी छन् । गत वर्ष जापान गएकी २७ वर्षीया कमला केयर वर्करका रुपमा कार्यरत छिन् । घरपरिवारबाट टाढा हुँदा चाडबाडको समयमा निकै गाह्रो भएको उनले सुनाइन् । नेपालमा तिहार भित्रिइसक्दा आफू भने आफ्ना भाइहरुलाई धेरै सम्झिन थालेको उनले बताइन् ।

‘हामी चार जना दिदीबहिनीपछि दुई जना भाइहरु छन् । चाडबाडको समयमा सबै जना एकै ठाउँ हुँदा घरै भरिभराउ हुने,’ उनले प्रभावसँग भनिन्, ‘हामी दिदीबहिनी घर सफासुग्घर गरेर सजाउँथ्यौं । भाइहरुलाई कुन–कुन फूलको माला राम्रो हुन्छ भनेर खोज्न जान्थ्यौं । माला उन्थ्यौं । सबै कुरा एकदम मिस भइरहेको छ । घरबाट कल गरिरहनुभएको छ । फोनमा कुरा गर्न नि गाह्रो हुनेरहेछ । पहिलोपटक घरबाट टाढा भएर होला ।’

दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध अनि झिलिमिली बत्तीको पर्व तिहार प्रवासी नेपालीहरुका लागि भने सम्झनामै सीमित हुने गरेको छ । आफ्नो घरमा बलेको दियो र बत्तीको उज्यालो उनीहरुको मोबाइल र ल्यापटपको स्क्रिनसम्ममात्र आइपुग्छ । विशेष अर्थ बोकेको तिहारको देउसीभैलो र दाजुबहिनीको टीका सामाजिक सञ्जाल र मोबाइलका रेकर्डहरुमा हेरैरै चित्त बुझाउनपरेको उनीहरु बताउँछन् । कतिपयले भने ‘भर्चुअल’ माध्यमबाटै टीका लगाउने गरेका छन् ।

हाल ३५ लाखभन्दा बढी नेपाली रोजगारीका लागि विभिन्न मुलुकमा रहेको सरकारी तथ्यांक छ । विशेषगरी संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, मलेसिया, कतार, दक्षिण कोरियाजस्ता मुलुकमा लाखौं नेपाली श्रमिकहरु कार्यरत छन् । उनीहरुले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ । तर सामाजिक तथा सांस्कृतिक पर्वहरुमा भने परिवारसँगै हुन नपाउँदा उनीहरुमा मनोवैज्ञानिक असरसमेत पर्ने गरेको बताइन्छ ।

 


प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह आइतबार, कात्तिक २, २०८२
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित शुक्रबार, असोज ३१, २०८२
क्रोएसियाले घटायो विदेशी कामदारलाई दिने ‘वर्क पर्मिट’
क्रोएसियाले घटायो विदेशी कामदारलाई दिने ‘वर्क पर्मिट’ बिहीबार, असोज ३०, २०८२
ओमानमा घरेलु कामदारका लागि नयाँ नियम
ओमानमा घरेलु कामदारका लागि नयाँ नियम बुधबार, असोज २९, २०८२
विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस
विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस मंगलबार, असोज २८, २०८२
जेन–जी आन्दोलनपछि युएई बन्द हुँदा चिन्तामा व्यवसायी
जेन–जी आन्दोलनपछि युएई बन्द हुँदा चिन्तामा व्यवसायी मंगलबार, असोज २८, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP