काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम राखेको छ । बिहीबारको तुलनामा आज एक तोला सुन ७ हजार १०० रुपैयाँले महँगो भएको छ ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि बडेको छ । बिहीबार एक तोला चाँदी ३ हजार ३४० मा खरिदबिक्री भएकामा आज ११० रुपैयाँले बढेर चाँदी प्रतितोला तीन हजार ३५० रुपैयाँमा काराेबार भइरहेको महासंघका जनाएको छ ।