काठमाडौं– आज स्थानीय बजारमा सुनकाे मुल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम राखेको छ । बुधबारको तुलनामा आज एक तोला सुन २ हजार रुपैयाँले महँगो भएको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ९०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार ९०० रुपैयाँ किनबेच भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी ३ हजार २४० रुपैयाँमा खरिदबिक्री भएकामा आज ३५ रुपैयाँले घटेर चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा क्रयविक्रय भइरहेको महासंघका जनाएको छ ।