Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • क्रोएसियाले घटायो विदेशी कामदारलाई दिने ‘वर्क पर्मिट’
क्रोएसियाले घटायो विदेशी कामदारलाई दिने ‘वर्क पर्मिट’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ३०, २०८२

 

  • श्रम स्वीकृति घटाउँदा नेपाली श्रमिकसमेत प्रभावित हुने
  • करिब २५ हजारको संख्यामा रहेका नेपाली विदेशी श्रमिकहरुमध्ये दोस्रो धेरै
  • गत आर्थिक वर्ष २०८१/८२ मा १३ हजार ८३५ जना श्रम स्वीकृति लिएर क्रोएसिया गएको तथ्यांक

काठमाडौं– सन् २०२२ यता पहिलोपटक क्रोएसियाले विदेशी कामदारहरूका लागि जारी गर्ने रोजगार अनुमति (वर्क पर्मिट) मा कमी आएको देखिएको छ । क्रोएसियाको गृह मन्त्रालयको तथ्यांकअनुसार सन् २०२५ को पहिलो नौ महिनामा करिब एक लाख ३६ हजार २०० जनाले मात्र अनुमति पाएका युरोपेली यात्रा सूचना र अनुमति प्रणाली (इटिआइएएस)ले बुधबार जानकारी दिएको छ । 

यो नौ महिनाको संख्या गत वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशतले न्यून भएको जनाइएको छ । यदि यो प्रवृत्ति जारी रहे वर्षको अन्त्यसम्म कूल अनुमति संख्या एक लाख ८० हजारभन्दा तल झर्नसक्ने जनाइएको छ । गत वर्ष दुई लाख छ हजारभन्दा बढीले अनुमति पाएका थिए ।  इटिआएएसका अनुसार पछिल्लो तीन वर्षसम्म विदेशी कामदार भित्रने क्रम दोब्बरले बढेको थियो । क्रोएसियाले ल्याएका नयाँ नियममा वर्क पर्मिटमा कडाइ, प्रमुख उद्योगहरुमा श्रमिकको मागमा कमी र त्यहाँको स्थानीय श्रमबजारमा देखिएको परिवर्तनले श्रमिक लग्ने क्रम घटेको जनाइएको छ । 

Nada Auto Show 2026
Hardik health

त्यहाँको जग्रेब क्षेत्रमा भूकम्पपछिका केही पुनर्निर्माण परियोजनाहरुमा नेपाल, भारत र फिलिपिन्सजस्ता देशका अदक्ष कामदारहरुको अत्यधिक माग बढेको थियो जहाँ हाल श्रमिकको माग घटेको छ । त्यस्तै, त्यहाँको श्रमबजारमा श्रमिकको तलब बढ्दै जाँदा स्थानीय कामदारहरु काममा फर्किन थालेको भनिएको छ । त्यहाँका धेरै अवकाशप्राप्त व्यक्तिहरु पार्ट टाइम काममा फर्किन थालेको भनिएको छ । क्रोएसियाली पेन्सन बिमा संस्थानको तथ्यांकअनुसार २०२५ को मध्यसम्म विगत वर्षको सोही अवधिमा भन्दा १७ प्रतिशत बढी अर्थात् ३७ हजार ५०० भन्दा बढी अवकाशप्राप्तहरु त्यस्तो काममा फर्किएको इटिआइएएसले उल्लेख गरेको छ । क्रोएसियामा पहिले नै रहेका धेरै कामदारहरुले पनि श्रम स्वीकृति नवीकरण गरेर लामो समय बस्न थालेको पाइएको छ ।

विगतमा सबैभन्दा बढी विदेशी श्रमिक माग गर्ने निर्माण उद्योग सबैभन्दा बढी प्रभावित भएको छ । जहाँ श्रमिकको माग करिब २८ प्रतिशत घट्दा खुद्रा क्षेत्रमात्र वृद्धि भएको देखिएको छ । क्रोएसियामा सबैभन्दा बढी बोस्निया र हर्जेगोभिनाका कामदारहरु रहे पनि उनीहरूको संख्या १७ घटेर करिब २५ हजार ७०० पुगेको छ । नेपाली कामदारहरू दोस्रो स्थानमा छन् । त्यहाँ करिब २५ हजार नेपाली छन् । त्यसपछि फिलिपिन्स र भारतका श्रमिकहरु छन् ।

विगतका केही अनुमानहरूले यो देशले २०३० सम्म पाँच लाख विदेशी कामदार ल्याउनुपर्ने हुन सक्छ भनेको थियो । अधिकारीहरुले अहिले भने यो आकडा बढी भएको बताउन थालेका छन् ।  हालका वर्षहरुमा विदेशी श्रमिकहरुको वृद्धिले क्रोएसियाको भुक्तानी प्रणालीको सन्तुलनमा ठूलो प्रभाव परेको जनाइएको छ । क्रोएसियाली राष्ट्रिय बैंकका अनुसार अस्थायी कामदारहरूले सन् २०२४ मा करिब १२ बिलियन युरो र २०२५ को पहिलो छ महिनामा ६७८ मिलियन युरो आम्दानी गरेका थिए । उक्त छ महिनामा यी कामदारहरूले आफ्नो मुलुकमा झण्डै ३०७ मिलियन युरो पठाएको तथ्यांक रहेको उल्लेख गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा २८५ मिलियन युरो कामदारहरुले आफ्नो मुलुक पठाएका थिए ।

क्रोएसिया नेपालीहरुका लागि आकर्षक रोजगार गन्तव्यको रुपमा रहँदै आएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १३ हजार ८३५ जना श्रम स्वीकृति लिएर क्रोएसिया गएका थिए । त्यस्तै आव २०८०/८१ मा १५ हजार ३६१ जना, आव २०७९/८० मा सात हजार ४४१ जना, आव २०७८/७९ मा पाँच हजार ३४४ र २०७७/७८ मा एक हजार ९४ जना उक्त मुलुक गएका थिए । उदाउँदो युरोपेली श्रम गन्तव्यका रुपमा चिनिन थालेको क्रोएसियाले विदेशी श्रमिकलाई दिने श्रम स्वीकृति घटाउँदा नेपाली श्रमिकहरुसमेत प्रभावित हुने देखिन्छ ।

 


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP