Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मुग्लिन–पोखरा सडक
  • #विप्रेषण
  • #एचआइभी एड्स दिवस
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • क्रोएसियाले घटायो विदेशी कामदारलाई दिने ‘वर्क पर्मिट’
क्रोएसियाले घटायो विदेशी कामदारलाई दिने ‘वर्क पर्मिट’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ३०, २०८२

 

  • श्रम स्वीकृति घटाउँदा नेपाली श्रमिकसमेत प्रभावित हुने
  • करिब २५ हजारको संख्यामा रहेका नेपाली विदेशी श्रमिकहरुमध्ये दोस्रो धेरै
  • गत आर्थिक वर्ष २०८१/८२ मा १३ हजार ८३५ जना श्रम स्वीकृति लिएर क्रोएसिया गएको तथ्यांक

काठमाडौं– सन् २०२२ यता पहिलोपटक क्रोएसियाले विदेशी कामदारहरूका लागि जारी गर्ने रोजगार अनुमति (वर्क पर्मिट) मा कमी आएको देखिएको छ । क्रोएसियाको गृह मन्त्रालयको तथ्यांकअनुसार सन् २०२५ को पहिलो नौ महिनामा करिब एक लाख ३६ हजार २०० जनाले मात्र अनुमति पाएका युरोपेली यात्रा सूचना र अनुमति प्रणाली (इटिआइएएस)ले बुधबार जानकारी दिएको छ । 

यो नौ महिनाको संख्या गत वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशतले न्यून भएको जनाइएको छ । यदि यो प्रवृत्ति जारी रहे वर्षको अन्त्यसम्म कूल अनुमति संख्या एक लाख ८० हजारभन्दा तल झर्नसक्ने जनाइएको छ । गत वर्ष दुई लाख छ हजारभन्दा बढीले अनुमति पाएका थिए ।  इटिआएएसका अनुसार पछिल्लो तीन वर्षसम्म विदेशी कामदार भित्रने क्रम दोब्बरले बढेको थियो । क्रोएसियाले ल्याएका नयाँ नियममा वर्क पर्मिटमा कडाइ, प्रमुख उद्योगहरुमा श्रमिकको मागमा कमी र त्यहाँको स्थानीय श्रमबजारमा देखिएको परिवर्तनले श्रमिक लग्ने क्रम घटेको जनाइएको छ । 

Hardik health

त्यहाँको जग्रेब क्षेत्रमा भूकम्पपछिका केही पुनर्निर्माण परियोजनाहरुमा नेपाल, भारत र फिलिपिन्सजस्ता देशका अदक्ष कामदारहरुको अत्यधिक माग बढेको थियो जहाँ हाल श्रमिकको माग घटेको छ । त्यस्तै, त्यहाँको श्रमबजारमा श्रमिकको तलब बढ्दै जाँदा स्थानीय कामदारहरु काममा फर्किन थालेको भनिएको छ । त्यहाँका धेरै अवकाशप्राप्त व्यक्तिहरु पार्ट टाइम काममा फर्किन थालेको भनिएको छ । क्रोएसियाली पेन्सन बिमा संस्थानको तथ्यांकअनुसार २०२५ को मध्यसम्म विगत वर्षको सोही अवधिमा भन्दा १७ प्रतिशत बढी अर्थात् ३७ हजार ५०० भन्दा बढी अवकाशप्राप्तहरु त्यस्तो काममा फर्किएको इटिआइएएसले उल्लेख गरेको छ । क्रोएसियामा पहिले नै रहेका धेरै कामदारहरुले पनि श्रम स्वीकृति नवीकरण गरेर लामो समय बस्न थालेको पाइएको छ ।

विगतमा सबैभन्दा बढी विदेशी श्रमिक माग गर्ने निर्माण उद्योग सबैभन्दा बढी प्रभावित भएको छ । जहाँ श्रमिकको माग करिब २८ प्रतिशत घट्दा खुद्रा क्षेत्रमात्र वृद्धि भएको देखिएको छ । क्रोएसियामा सबैभन्दा बढी बोस्निया र हर्जेगोभिनाका कामदारहरु रहे पनि उनीहरूको संख्या १७ घटेर करिब २५ हजार ७०० पुगेको छ । नेपाली कामदारहरू दोस्रो स्थानमा छन् । त्यहाँ करिब २५ हजार नेपाली छन् । त्यसपछि फिलिपिन्स र भारतका श्रमिकहरु छन् ।

विगतका केही अनुमानहरूले यो देशले २०३० सम्म पाँच लाख विदेशी कामदार ल्याउनुपर्ने हुन सक्छ भनेको थियो । अधिकारीहरुले अहिले भने यो आकडा बढी भएको बताउन थालेका छन् ।  हालका वर्षहरुमा विदेशी श्रमिकहरुको वृद्धिले क्रोएसियाको भुक्तानी प्रणालीको सन्तुलनमा ठूलो प्रभाव परेको जनाइएको छ । क्रोएसियाली राष्ट्रिय बैंकका अनुसार अस्थायी कामदारहरूले सन् २०२४ मा करिब १२ बिलियन युरो र २०२५ को पहिलो छ महिनामा ६७८ मिलियन युरो आम्दानी गरेका थिए । उक्त छ महिनामा यी कामदारहरूले आफ्नो मुलुकमा झण्डै ३०७ मिलियन युरो पठाएको तथ्यांक रहेको उल्लेख गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा २८५ मिलियन युरो कामदारहरुले आफ्नो मुलुक पठाएका थिए ।

क्रोएसिया नेपालीहरुका लागि आकर्षक रोजगार गन्तव्यको रुपमा रहँदै आएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १३ हजार ८३५ जना श्रम स्वीकृति लिएर क्रोएसिया गएका थिए । त्यस्तै आव २०८०/८१ मा १५ हजार ३६१ जना, आव २०७९/८० मा सात हजार ४४१ जना, आव २०७८/७९ मा पाँच हजार ३४४ र २०७७/७८ मा एक हजार ९४ जना उक्त मुलुक गएका थिए । उदाउँदो युरोपेली श्रम गन्तव्यका रुपमा चिनिन थालेको क्रोएसियाले विदेशी श्रमिकलाई दिने श्रम स्वीकृति घटाउँदा नेपाली श्रमिकहरुसमेत प्रभावित हुने देखिन्छ ।

 


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति आइतबार, मंसिर २१, २०८२
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी शुक्रबार, मंसिर १९, २०८२
घरेलु कामदारका रूपमा विदेशिने महिला हिंसाको सिकार
घरेलु कामदारका रूपमा विदेशिने महिला हिंसाको सिकार बिहीबार, मंसिर १८, २०८२
पोर्चुगलको मदेइरामा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको मदेइरामा घुम्ती शिविर सञ्चालन हुने बुधबार, मंसिर १७, २०८२
विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए
विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए मंगलबार, मंसिर १६, २०८२
कुवेतमा एकल पुरुष कामदारलाई नयाँ आवासीय क्षेत्र 
कुवेतमा एकल पुरुष कामदारलाई नयाँ आवासीय क्षेत्र  मंगलबार, मंसिर १६, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP