काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम राखेको छ । मंगलबारको तुलनामा आज एक तोला सुन ४ सय रुपैयाँले महँगो भएको छ ।
आज सुनकाे मूल्य प्रतितोला दुई लाख ४८ हजार ९०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार ५०० रुपैयाँ किनबेच भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य भने घटेको छ । मंगलबार एक तोला चाँदी ३ हजार ३२५ मा खरिदबिक्री भएकामा आज ८५ रुपैयाँले घटेर चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा क्रयविक्रय भइरहेको महासंघका जनाएको छ ।