Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ओमानमा घरेलु कामदारका लागि नयाँ नियम
ओमानमा घरेलु कामदारका लागि नयाँ नियम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २९, २०८२

 

  • घरेलु कामदारको रोजगारसम्बन्धी व्यापक सुधारको घोषणा 
  • कार्यस्थलको अवस्था सुधार्ने, उचित व्यवहार सुनिश्चित गर्ने र रोजगारीको अभ्यासलाई आधुनिक बनाउने लक्ष्य
  • घरेलु कामदारलाई ओमानको श्रम शक्तिको मुख्य योगदानकर्ताका रूपमा मान्यता दिने र उनीहरुका आधारभूत अधिकार सुनिश्चित गर्ने

काठमाडौं– ओमानको श्रम मन्त्रालयले घरेलु कामदारहरूका लागि नयाँ नियमावलीको घोषणा गरेको छ । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअन्तर्गत घरेलु कामदारको रोजगारसम्बन्धी व्यापक सुधारको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ नियमले मन्त्रीस्तरीय निर्णय नम्बर १८९/२००४ लाई प्रतिस्थापन गर्ने बताइएको छ । यसले गैरओमानी कामदारसँग सम्बन्धित पुराना करारपत्रहरु रद्द गर्ने जनाइएको छ । उक्त नियमले कार्यस्थलको अवस्था सुधार्ने, उचित व्यवहार सुनिश्चित गर्ने र रोजगारीको अभ्यासलाई आधुनिक बनाउने लक्ष्य राखेको उल्लेख गरिएको छ । नयाँ निर्णयलाई आधिकारिक राजपत्रमा प्रकाशन भएको भोलिपल्टैबाट औपचारिकरूपमा लागू गरिने भनिएको छ । रोजगारदाता र कामदारलाई नयाँ कानुनअनुसार वर्तमान करारलाई मिलाउन तीन महिनाको अवधि दिइएको छ ।

यस नियमावली विभिन्न पेसा गर्ने घरेलु कामदारका लागि लागू हुने छ । जसमा घरको काम गर्ने महिला, सवारी चालक, बच्चा हेर्ने व्यक्ति, बगैँचाका कामदार, भान्से, सुरक्षा गार्ड, नर्स र जनावरहरूको हेरचाह गर्नेहरु समावेश छन् । नयाँ नियमले कानुनीरूपमा यी कामदारहरूलाई ओमानको श्रम शक्तिको मुख्य योगदानकर्ताका रूपमा मान्यता दिने र उनीहरुका आधारभूत अधिकार सुनिश्चित गर्ने भनिएको छ । यो नयाँ नियम करार सम्झौताबाट घटाउन वा हटाउन पाइने छैन ।

Hardik health

नयाँ नियमअनुसार घरेलु कामदारलाई ब्रेक र खाना खाने समयबाहेक दिनमा १२ घण्टाभन्दा बढी काम लगाउन पाइने छैन । उनीहरुले दैनिक कम्तीमा आठ घण्टाको विश्राम गर्ने समय पाउने छन् जसमा रोजगारदाताले हस्तक्षेप गर्न पाउने छैन । रोजगारदाताले कामदारको लिखित सहमति भएमात्र दुई घण्टासम्म तलबसहितको ओभरटाइम काम गराउन सक्ने छन् ।

कामदारले हरेक हप्ता एउटा पूरै दिन बिदा लिन पाउने अधिकार छ । उनीहरुले बिदा लिएको दिनको तलब भने पूरै पाउने छन् । यदि बिदाको दिनमा कामदार स्वयम् काम गर्न तयार भएमा उनीहरुलाई दोब्बर तलब दिनपर्ने या अर्को दिन बिदा दिनुपर्ने व्यवस्था छ ।  घरेलु कामदारहरूले अब वर्षको २१ दिन न्यूनतम तलबसहितको वार्षिक बिदा र मान्य मेडिकल प्रमाणपत्रसहित वर्षको अधिकतम् ३० दिन तलबसहितको बिरामी बिदा लिनसक्ने उक्त प्रावधानमा उल्लेख गरिएको जनाइएको छ । यो अवधिमा उनीहरूलाई काम गर्न बाध्य पार्न पाइने छैन । 

रोजगारदाताहरुले महिना पुगेको सात दिनभित्र तलब भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तो भुक्तानी बैंकं ट्रान्सफर वा हस्ताक्षरसहितको रसिदमार्फत गर्नुपर्छ । ओमानी रियालमा वा परस्पर सहमत भएको कुनै पनि मुद्रामा कामदारलाई तलब दिन पाइन्छ । विशेष परिस्थितिहरु जस्तैः कामदारको लापरवाहीका कारण भएको क्षति, अदालतको जरिवाना र ऋणको भुक्तानी गर्नुपरे मात्र ज्याला कटौती गर्न पाइने छ र उक्त कटौती ज्यालाको २५ प्रतिशतभन्दा बढी हुन हुँदैन ।

उक्त कानुनले जबर्जस्ती श्रम लगाउन, उत्पीडनमा पार्न र पासपोर्ट या व्यक्तिगत कागजातको जफतलाई कडाइका साथ प्रतिबन्धित गर्दछ । यसले २१ वर्षभन्दा कम उमेरका व्यक्तिको रोजगारीलाई रोक्छ । रोजगारदाताले कामदारबाट भर्ती शुल्क माग्न र उनीहरुलाई तोकिएको भूमिकाभन्दा बाहिरको काममा लगाउन निषेध गर्दछ । 

रोजगारदाताले कामदारलाई योग्य आवास, खाना, स्वास्थ्य बिमा र यातायात उपलब्ध गराउनुपर्छ । करार समाप्त भएपछि पनि कम्तीमा एक वर्षका लागि रोजगार अभिलेख राख्नु अनिवार्य छ । पारदर्शिताका लागि अब सबै करारपत्रहरु श्रम मन्त्रालयमा विद्युतीयरूपमा दर्ता गर्नुपर्ने छ ।

श्रमिकहरुले दुव्र्यवहार, ठगी वा तलब पाउन ढिलाइ भएमा कुनै सूचना नदिई काम छोड्न सक्छन् । यस्तो अवस्थामा कामदारले सेवा अन्त्य गर्दा पाउने सुविधा र स्वदेश फिर्तीको खर्च रोजगारदाताले व्यहोर्नुपर्ने छ । कुनै विवाद भएको अवस्थामा अदालत जानुपरे श्रमिकले शुल्क तिर्नुपर्ने छैन । नयाँ नियम उल्लंघन गर्ने रोजगारदाताले प्रभावित श्रमिकहरुको संख्या गुणा गरी ५० देखि ५०० सम्म ओमानी रियाल जरिवाना तिर्नुपर्ने छ ।

यी प्रावधानहरु ओमानको ‘भिजन २०४०’ अनुरूप रहेको र यसले श्रमबजारलाई आधुनिक बनाउन र नैतिक रोजगार मापदण्डहरू प्रवद्र्धन गर्ने जनाइएको छ ।
 


प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा  ठगी गर्ने सात जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ मंगलबार, जेठ १२, २०८३
कोरिया जान नपाएका युवाहरु रवि खोज्दै रास्वपा कार्यालयमा
कोरिया जान नपाएका युवाहरु रवि खोज्दै रास्वपा कार्यालयमा मंगलबार, जेठ १२, २०८३
असन्तुष्टपक्षले घोषणा गरेको निर्वाचन अनिश्चित
असन्तुष्टपक्षले घोषणा गरेको निर्वाचन अनिश्चित सोमबार, जेठ ११, २०८३
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान आइतबार, जेठ १०, २०८३
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र शनिबार, जेठ ९, २०८३
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन शुक्रबार, जेठ ८, २०८३
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP