काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएकाे छ । आज सुन प्रतितोला दुई लाख ४८ हजार ५०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
महासंघका अनुसार हिजो सोमबार सुनकाे मूल्य प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँ थियो । सोमबारको तुलनामा सुन प्रतितोला ८ हजार १०० रुपैयाँले बढेको हो ।
त्यसैगरी सोमबार प्रतितोला तीन हजार २२५ रुपैयाँमा किनबेच भएको चाँदी आज १०५ रुपैयाँले बढेर ३ हजार ३२५ रुपैयाँमा किनबेच हुँदैछ ।