Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जेन–जी आन्दोलनपछि युएई बन्द हुँदा चिन्तामा व्यवसायी
जेन–जी आन्दोलनपछि युएई बन्द हुँदा चिन्तामा व्यवसायी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २८, २०८२

 

युएईमा निर्भर व्यवसायीहरु निकै गाह्रो भयो, संघले पहल गर्नुपर्‍यो भन्नुहुन्छ । संघले आफ्नो ठाउँबाट गरिरहेको छ । हामीले पनि गरिरहेका छौं । त्यो पहलले पुगिरहेको छैन । 
दीपक थापा
अध्यक्ष, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन

 


 

काठमाडौं- करिब एक महिनादेखि संयुक्त अरब इमिरेट्स (युएई)को रोजगारी बन्द हुँदा वैदेशिक व्यवसायीहरुमा चिन्ता बढेको छ । 

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि नेपालको प्रमुख श्रम गन्तव्य मुलुक युएईले श्रमिकहरुको भिसा रोकिदिँदा व्यवसायीहरु समस्यामा परेका हुन् । यसले युएई जाने प्रक्रिया थालेका हजारौं युवाहरु प्रभावित भएका छन् ।

Nada Auto Show 2026
Hardik health

आन्दोलनपछि निम्तिएको अवस्थाका कारण अघोषितरुपमा रोकिएको रोजगारी चाँडै खुल्ने आशा गरिएको थियो । तर वर्तमान परिस्थितिलाई नियाल्दा अझै समय लाग्ने संकेत देखिएको व्यवसायीहरु बताउँछन् । युएई खुलाउन विभिन्न उपायहरु अवलम्बन गर्न सकिनेमा पहल गर्ने निकाय नभएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापाले बताए ।

‘पुलिस रिपोर्ट लिएर जान सकिनेगरी कूटनीतिक पहल गरिदिँदा छिटो होला । तर विभागीय मन्त्री नै हुनुहुन्न, सचिवसँग कुरा त भइरहेको छ । उहाँले गर्नसक्ने अवस्था छैन । दूतावासबाट पनि कुनै आधिकारिक जानकारी आएको छैन । त्यो हुँदा तत्कालै खुल्न गाह्रै जस्तो छ,’ थापाले भने ।

पछिल्लो समय कतार र मलेसियाले श्रमिक लैजाने क्रम न्यून छ । यो अवस्थामा श्रमिक र व्यवसायीहरुका लागि युएई नै प्रमुख रोजगार गन्तव्य थियो । कतार, मलेसियामा निर्भर व्यवसायीहरु पनि युएईको काममा प्रवेश गर्न थालेको जनाइन्छ । तर उनीहरु नै समस्यामा परेका छन् । समयमै समाधान नगरे यसले मुलुककै अर्थतन्त्रमा प्रभाव पार्ने निश्‍चित रहेको थापाको भनाइ छ ।

‘युएईमा निर्भर व्यवसायीहरु निकै गाह्रो भयो, संघले पहल गर्नुपर्‍यो भन्‍नुहुन्छ । संघले आफ्नो ठाउँबाट गरिरहेको छ । हामीले पनि गरिरहेका छौं । त्यो पहलले पुगिरहेको छैन,’ थापाले भने, ‘यसले पछि गएर अर्थतन्त्रमा ठूलो असर गर्छ । तर यसलाई गम्भीरताका साथ कस्ले लिइदेला भन्ने हो । सरकार नै यस्तो अवस्थामा छ ।’ 

युएईका रोजगारदाताले मागपत्रहरु अन्य मुलुक पठाउन थालेकाले सरकारको कूटनीतिक पहल नै महŒवपूर्ण रहने प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्‍चका वरिष्ठ उपाध्यक्ष डा. डिकबहादुर खत्री ‘कुमार’ले बताए । ‘यहाँबाट नहुने भएपछि कतिपय मागपत्रहरुलाई डाइभर्ट गरिसकेको अवस्था छ । हामीले दैनिकरुपमा त्यहाँका रोजगारदातासँग कुरा गर्दा कूटनीतिक पहल नै आवश्यक छ,’ उनले भने ।

हाल युएईको काम गर्ने पाँचदेखि ७०० व्यवसायी रहेको जनाइन्छ । युएईको रोजगारी रोकिँदा व्यवसायीहरु त समस्यामा छन् नै जान भनेर प्रक्रिया थालेका करिब १० हजार श्रमिक पनि अन्योलमा रहेको खत्रीले बताए । ‘जान्छु भनेर जसले एप्लाइ गर्‍यो उसले तत्काल पासपोर्ट झिकेर अर्कोतिर पेस गर्छु भन्न सक्ने अवस्था पनि छैन । न भोलि खुलिहाल्छ कि भन्ने अवस्था पनि छ । व्यवसायीको व्यवसायका साथै श्रमिकहरुको समय पनि खेर गइरहेको छ,’ वरिष्ठ उपाध्यक्ष खत्रीले भने ।

आफूहरुको विषयलाई सरकारले गम्भीरताका साथ नलिएको उनको आरोप छ । सरकारले नयाँ गन्तव्य मुलुक खोज्ने, युरोपको मागपत्र प्रमाणीकरणलगायतका विषयमा ध्यान दिएको भए यो समस्या नहुने उनको भनाइ छ । सरकारले कि आन्तरिक रोजगारीको पर्याप्तता सिर्जना गर्नुपर्ने कि वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न पर्नेमा उनले जोड दिए ।  

चाँडै खुल्ने परराष्ट्रको आश्‍वासन
परराष्ट्र मन्त्रालयले युएई रोजगारीमा देखिएको समस्याका विषयमा विभिन्न तवरबाट छलफल भइरहेकाले चाँडै निकास निस्कने जानकारी दिएको छ । अवस्था सामान्य बन्दै गएको देखिन थालेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए ।

‘प्रधानमन्त्रीले आयोजना गर्नुभएको बिफ्रिङ कार्यक्रममा नेपाल पूर्ववत् अवस्थामा आइसकेको, पर्यटनलगायतका आर्थिक गतिविधि सञ्‍चालन भइसकेको भन्ने जानकारी प्रवाह भएको छ । हामीले पनि दूतावासहरुलाई सबै कुरा ठीक भइसकेको जानकारी गराइसकेका छौं,’ क्षेत्रीले भने, ‘अब यही लाइनमा जान्छ, सामान्यीकरण हुन्छ । विस्तारै सामान्य भएको हामीले महसुुस गरिरहेका छौं । लामो समयसम्म जाँदैन भनेर विश्‍वस्त हुनेगरी नै आइरहेको छ कुराहरु ।’
 


प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP