Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जेन–जी आन्दोलनपछि युएई बन्द हुँदा चिन्तामा व्यवसायी
जेन–जी आन्दोलनपछि युएई बन्द हुँदा चिन्तामा व्यवसायी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २८, २०८२

 

युएईमा निर्भर व्यवसायीहरु निकै गाह्रो भयो, संघले पहल गर्नुपर्‍यो भन्नुहुन्छ । संघले आफ्नो ठाउँबाट गरिरहेको छ । हामीले पनि गरिरहेका छौं । त्यो पहलले पुगिरहेको छैन । 
दीपक थापा
अध्यक्ष, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन

 


 

काठमाडौं- करिब एक महिनादेखि संयुक्त अरब इमिरेट्स (युएई)को रोजगारी बन्द हुँदा वैदेशिक व्यवसायीहरुमा चिन्ता बढेको छ । 

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि नेपालको प्रमुख श्रम गन्तव्य मुलुक युएईले श्रमिकहरुको भिसा रोकिदिँदा व्यवसायीहरु समस्यामा परेका हुन् । यसले युएई जाने प्रक्रिया थालेका हजारौं युवाहरु प्रभावित भएका छन् ।

Hardik health

आन्दोलनपछि निम्तिएको अवस्थाका कारण अघोषितरुपमा रोकिएको रोजगारी चाँडै खुल्ने आशा गरिएको थियो । तर वर्तमान परिस्थितिलाई नियाल्दा अझै समय लाग्ने संकेत देखिएको व्यवसायीहरु बताउँछन् । युएई खुलाउन विभिन्न उपायहरु अवलम्बन गर्न सकिनेमा पहल गर्ने निकाय नभएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापाले बताए ।

‘पुलिस रिपोर्ट लिएर जान सकिनेगरी कूटनीतिक पहल गरिदिँदा छिटो होला । तर विभागीय मन्त्री नै हुनुहुन्न, सचिवसँग कुरा त भइरहेको छ । उहाँले गर्नसक्ने अवस्था छैन । दूतावासबाट पनि कुनै आधिकारिक जानकारी आएको छैन । त्यो हुँदा तत्कालै खुल्न गाह्रै जस्तो छ,’ थापाले भने ।

पछिल्लो समय कतार र मलेसियाले श्रमिक लैजाने क्रम न्यून छ । यो अवस्थामा श्रमिक र व्यवसायीहरुका लागि युएई नै प्रमुख रोजगार गन्तव्य थियो । कतार, मलेसियामा निर्भर व्यवसायीहरु पनि युएईको काममा प्रवेश गर्न थालेको जनाइन्छ । तर उनीहरु नै समस्यामा परेका छन् । समयमै समाधान नगरे यसले मुलुककै अर्थतन्त्रमा प्रभाव पार्ने निश्‍चित रहेको थापाको भनाइ छ ।

‘युएईमा निर्भर व्यवसायीहरु निकै गाह्रो भयो, संघले पहल गर्नुपर्‍यो भन्‍नुहुन्छ । संघले आफ्नो ठाउँबाट गरिरहेको छ । हामीले पनि गरिरहेका छौं । त्यो पहलले पुगिरहेको छैन,’ थापाले भने, ‘यसले पछि गएर अर्थतन्त्रमा ठूलो असर गर्छ । तर यसलाई गम्भीरताका साथ कस्ले लिइदेला भन्ने हो । सरकार नै यस्तो अवस्थामा छ ।’ 

युएईका रोजगारदाताले मागपत्रहरु अन्य मुलुक पठाउन थालेकाले सरकारको कूटनीतिक पहल नै महŒवपूर्ण रहने प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्‍चका वरिष्ठ उपाध्यक्ष डा. डिकबहादुर खत्री ‘कुमार’ले बताए । ‘यहाँबाट नहुने भएपछि कतिपय मागपत्रहरुलाई डाइभर्ट गरिसकेको अवस्था छ । हामीले दैनिकरुपमा त्यहाँका रोजगारदातासँग कुरा गर्दा कूटनीतिक पहल नै आवश्यक छ,’ उनले भने ।

हाल युएईको काम गर्ने पाँचदेखि ७०० व्यवसायी रहेको जनाइन्छ । युएईको रोजगारी रोकिँदा व्यवसायीहरु त समस्यामा छन् नै जान भनेर प्रक्रिया थालेका करिब १० हजार श्रमिक पनि अन्योलमा रहेको खत्रीले बताए । ‘जान्छु भनेर जसले एप्लाइ गर्‍यो उसले तत्काल पासपोर्ट झिकेर अर्कोतिर पेस गर्छु भन्न सक्ने अवस्था पनि छैन । न भोलि खुलिहाल्छ कि भन्ने अवस्था पनि छ । व्यवसायीको व्यवसायका साथै श्रमिकहरुको समय पनि खेर गइरहेको छ,’ वरिष्ठ उपाध्यक्ष खत्रीले भने ।

आफूहरुको विषयलाई सरकारले गम्भीरताका साथ नलिएको उनको आरोप छ । सरकारले नयाँ गन्तव्य मुलुक खोज्ने, युरोपको मागपत्र प्रमाणीकरणलगायतका विषयमा ध्यान दिएको भए यो समस्या नहुने उनको भनाइ छ । सरकारले कि आन्तरिक रोजगारीको पर्याप्तता सिर्जना गर्नुपर्ने कि वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न पर्नेमा उनले जोड दिए ।  

चाँडै खुल्ने परराष्ट्रको आश्‍वासन
परराष्ट्र मन्त्रालयले युएई रोजगारीमा देखिएको समस्याका विषयमा विभिन्न तवरबाट छलफल भइरहेकाले चाँडै निकास निस्कने जानकारी दिएको छ । अवस्था सामान्य बन्दै गएको देखिन थालेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए ।

‘प्रधानमन्त्रीले आयोजना गर्नुभएको बिफ्रिङ कार्यक्रममा नेपाल पूर्ववत् अवस्थामा आइसकेको, पर्यटनलगायतका आर्थिक गतिविधि सञ्‍चालन भइसकेको भन्ने जानकारी प्रवाह भएको छ । हामीले पनि दूतावासहरुलाई सबै कुरा ठीक भइसकेको जानकारी गराइसकेका छौं,’ क्षेत्रीले भने, ‘अब यही लाइनमा जान्छ, सामान्यीकरण हुन्छ । विस्तारै सामान्य भएको हामीले महसुुस गरिरहेका छौं । लामो समयसम्म जाँदैन भनेर विश्‍वस्त हुनेगरी नै आइरहेको छ कुराहरु ।’
 


प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP