काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री हुने व्यवसायी महासंघले जनाएको छ ।
हिजो आइतबार सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ र चाँदी प्रतितोला तीन हजार एक सय २५ रुपैयाँमा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भईरहेको छ ।