Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा स्मरणयोग्य हिमाल आरोही शम्भु तामाङ
अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा स्मरणयोग्य हिमाल आरोही शम्भु तामाङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १६, २०७७
Shambhu Tamang Center Top of Mt. Everest 1973 copy
Hardik health
आज मे २९, तेह्रौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस हो । मुलतः विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलो मानव पाइला पुगेको ऐतिहासिक दिनको स्मरण र विश्वभरिका पर्वतारोहीको सम्मानमा नेपाल सरकारले सन् २००८ देखि यो दिवस मनाउन सुरु गरेको हो । विश्वको शीर सगरमाथासँग नेपालको पहिचान अभिन्न रहेकोले आजको दिनलाई सबै नेपालीहरूको मनसँग जोडिएको विशेष दिनको रूपमा पनि लिन सकिन्छ । कोरोना भाइरस सिर्जित महामारी र लकडाउनका कारण यसपटकको सगरमाथा दिवसमा कुनै सार्वजनिक कार्यक्रमहरू सञ्चालन नहुने सन्दर्भमा प्रस्तुत लेखमा सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका पूर्वविश्व कीर्तिमानधारी पर्वतारोही शम्भु तामाङबारे संक्षिप्त चर्चा गर्ने प्रयास गरिनेछ । तामाङले सन् १९७३ को मे ५ का दिन नेपाल–इटली संयुक्त सगरमाथा आरोहण दलका ४ सदस्यहरूसहित सगरमाथाको सफल आरोहण गरी सबैभन्दा कान्छो सगरमाथा आरोहीको विश्वकीर्तिमान बनाउँदा उनी केवल १७ वर्ष ६ महिनाका किशोर थिए । आमसञ्चार एवं सामाजिक सञ्जालहरूबाट टाढै रहने स्वभावका तामाङकै शब्दमा त्यो आरोहण ‘विश्वकीर्तिमान’ राख्नुभन्दा पनि आफ्नो पेसागत कर्तव्य निभाउने सिलसिलाको एक खुड्किलोको रूपमा उनले लिएका थिए । उनले आफैँले राखेको कीर्तिमानबारे करिब २ वर्षपछि मात्र थाहा पाएका थिए । टोलीमा कान्छो आरोही रहेको मात्र नभई आरोहीहरूको देश इटलीको लागि विश्वको सर्वाेच्च शिखर विजय राष्ट्रिय गौरवको कुरा थियो । आमसञ्चारको पहुँच न्यून रहेको त्यसबखत उक्त आरोहणको समाचार पहिलोपटक अल इन्डिया रेडियोले प्रसारण गरेको थियो भनी शम्भु सम्झन्छन् । इटली तथा युरोपभरि सफल आरोहीहरूको संक्षिप्त परिचय (नाम, राष्ट्रियता र उमेर) सहित समाचार छापिएपछि विस्तारै उनको उमेरका कारण विश्वको सर्वोच्च शिखर चढ्ने सबैभन्दा कान्छो आरोहीको विश्वकीर्तिमान बनेको चर्चा चलेको थियो । त्यसपछि मात्र उक्त कीर्तिमान गिनिज बुकमा दर्ज भएको थियो । सगरमाथाको पहिलो सफल आरोहणभन्दा पहिलेदेखि नै नेपालका हिमाल आरोहणमा विदेशी आरोही र साथमा स्थानीय शेर्पा जातिको प्रभुत्व रहिआएको थियो । सन् १९५३ को सगरमाथा आरोहण अभियानमा पनि सोलुखुम्बुको नाम्चेबजारभन्दा माथि आरोहणका लागि आवश्यक सबै सहयोगी र पथप्रदर्शकहरू हिमाली क्षेत्रका बासिन्दा शेर्पाहरू मात्र रहेको पाइन्छ । त्यसपछिका सबैजसो हिमाल आरोहणमा पनि यही क्रम जारी रहेकोमा मध्य नेपाल सिन्धुपाल्चोकका एक किशोरले कसरी विश्वको सर्वोच्च शिखर चुम्न सफल भए भन्ने कहानी धेरैलाई कौतुहलताको विषय हुन सक्छ । औसत नेपालीझैँ सामान्य तामाङ परिवारका उनी मावालीको सम्पर्कका कारण राजधानीमा पढ्न ल्याइएका थिए । काठमाडौंको शान्ति विद्यागृह, लैनचौरमा कक्षा ८ मा पढ्दै गर्दा उनलाई इटली गई इटालियन भाषा पढ्ने छात्रावृत्ति मिलेकोले इटली जाने अवसर जुरेको थियो । इटलीमा आफूलाई छात्रावृत्ति मिलाउने मुख्य व्यक्ति केही वर्षभित्र सगरमाथा चढ्न नेपाल आउने योजना उनीहरूसँगको बसाइँमा थाहा पाएपछि शम्भु तामाङ पनि उनीसँगै इटली र युरोपका अन्य क्षेत्रमा हिमाल आरोहणको तालिममा सहभागी भए । त्यसपछि तिनै इटालियनहरूको सम्पर्कका कारण सन् १९७१ मा १६ वर्षकै उमेरमा विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणमा उनी ७,५३० मिटर हाराहारी पुगेर चुचुरो पुग्नबाट करिब ९ सय मिटरले मात्र असफल भए । त्यसको अर्को वर्ष सन् १९७२ को अर्जेन्टिनी सगरमाथा आरोहणमा पनि सहभागी भई ८,००० मिटरसम्म पुगे पनि टोलीका कोही पनि शिखर पुग्न सफल नभएकाले उनलाई सफलता हात परेन । त्यसको एक वर्षपछि भने उनलाई विश्वको सर्वोच्च शिखरमा पाइला राख्ने कान्छो आरोहीको कीर्तिमान हात परेको थियो । सगरमाथा आरोहणको इतिहासमा सबैभन्दा कान्छो आरोहीको विश्वकीर्तिमान संसारभर स्थापित भएपछि उनको नाम नेपाली आमसञ्चार र सामान्य ज्ञानका पुस्तकहरूमा पनि छापिए । विश्वकीर्तिमान राख्ने नेपालीहरूको इतिहास खोज्ने हो भने त्यस्तो दुर्लभ र साहासिक कार्य गर्ने पहिलो नेपाली नागरिक शम्भु नै रहेको तथ्यसम्म हामी पुग्छौँ । यस अर्थमा पनि उनी दुर्लभ साहसिक कार्य गर्ने स्मरणीय नेपाली व्यक्तित्व हुन् भन्नेमा द्विविधा छैन । उक्त विश्वकीर्तिमान स्थापित हुनुभन्दा तीन दशकअघि नै सन् १९५३ मे २९ आजकै दिनमा सर्वोच्च शिखर सगरमाथाकै प्रथम आरोहण गरेर तेञ्जिङ नोर्गे शेर्पाले पनि ऐतिहासिक विश्वकीर्तिमान राखेका भएता पनि उनले उक्त आरोहणपछि बाँकी जीवन भारतीय नागरिकका रूपमा बिताएको कारण तेञ्जिङलाई भारतले भारतीय र बाँकी विश्वले नेपाली–भारतीय नागरिकका रूपमा चिन्ने चिनाउने हुँदा पनि विश्वकीर्तिमान राख्ने नेपाली नागरिकको रूपमा शम्भु अगाडि देखिन्छन् । सगरमाथाको सफल आरोहणपश्चात् उनी पेसागत रूपमै पर्वतीय पर्यटन एवं हिमाल आरोहणमा समर्पित रहे । उनले सन् १९८५ अगस्ट २८ मा सगरमाथा पुनः उत्तरी मोहोडाबाट आरोहण गरी दुवै तर्फबाट सगरमाथा आरोहण गर्ने तथा पर्वतारोहणको कठिन मौसम शरद क्रतुमा आरोहण गर्ने अर्को कीर्तिमान पनि कायम गरेका थिए । नेपालको पर्वतीय पर्यटनको अमूल्य पक्ष पर्वतारोहणको व्यवस्थापन एवं निगरानी गर्ने अन्तर्राष्ट्रिय अलपाइन क्लबहरूको मान्यता प्राप्त एक मात्र नेपाली संस्था नेपाल पर्वतारोहण संघको उनी परिकल्पनाकार एवं संस्थापकमध्ये एक हुन् । सन् १९८८ मा सगरमाथाकै उत्तरी मोहडा चीनतर्फ तथा दक्षिण–पश्चिम मोहडा नेपाल दुवै तर्फबाट आरोहण भएको ऐतिहासिक नेपाल–चीन–जापान त्रिदेशीय मैत्री सगरमाथा अभियानको नेपालतर्फका उपनेताको रूपमा उनले पछिल्लोपटक हिमाल आरोहणमा काम गरेका थिए । उक्त सगरमाथा अभियानले पनि पहिलोपटक आरोहण अभियानलाई प्रत्यक्ष श्रव्यदृश्य प्रसारण गर्ने इतिहास बनाउनको साथै नेपाल–चीन–जापानबीच थप सौहार्दपूर्ण मित्रता कायम गर्न मद्दत पु¥याएको थियो । उक्त अभियानपश्चात् उनले व्यावसायिक आरोहीका रूपमा नभइ आफ्नै ट्रेकिङ पर्वतारोहण एजेन्सीमार्फत् आरोहण व्यवस्थापनको काममात्र गर्न थाले । शम्भु तामाङद्वारा स्थापित विश्वको कान्छो सगरमाथा आरोहीको विश्वकीर्तिमान सन् २००१ मा अर्का नेपाली आरोही तेम्बाछिरी शेर्पाले १६ वर्षको उमेरमा सगरमाथा आरोहण गरेपछि तोडिएको थियो । कीर्तिमानहरू तोडिनु सामान्य नियम हुन् । यद्यपि विश्वकीर्तिमान राख्ने नेपाली नागरिक र मुलुकको पर्वतीय पर्यटन एवं पर्वतारोहण क्षेत्रमा विशिष्ट योगदान दिएका उनलाई स्मरण गर्नु मुलतः पर्वतारोहण एवं पर्वतीय पर्यटनक्षेत्रमा संलग्नहरू र यस क्षेत्रको चासो राख्ने सबैको कर्तव्य हुन आउँछ । (लेखक ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वद्वितीय उपाध्यक्ष हुन् ।)
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १३:५४
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP