काठमाडौं– आज सुनको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोल दुई लाख ३८ हजार रुपैँयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
शुक्रबार दुई लाख ३५ हजार २०० रुपैँयामा कारोबार भएको सुन आज ३ हजारले बढेको हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार एक तोला चाँदीको मूल्य तीन हजार ८५ मा कारोबार भएकोमा आज ४० रुपैयाँले बढेर चाँदी तीन हजार १सय २५ रुपैँयामा कारोबार भइरहेको संघले जनाएको छ ।