Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
असोज ३० मा व्यावसायिक योजना तयारी र ३१ गते प्रस्तुतीकरण हुने कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २६, २०८२

काठमाडौं- कुवेतस्थित नेपाली दूतावासका लागि श्रम सहचारी पदमा आवेदन दिएका उम्मेदवारहरुले यही असोज ३१ गते व्यावसायिक कार्ययोजना प्रस्तुत गर्ने भएका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त पदका लागि आवेदन प्राप्त उम्मेदवारहरुलाई आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण गर्न उक्त दिनको समय तोकेको हो । मन्त्रालयले गत बिहीबार सूचना प्रकाशित गरी व्यावसायिक योजना प्रस्तुतीकरण सुरु हुनु अगाडि नै आफ्नो योग्यताको प्रमाणपत्र बुझाउन उम्मेदवारहरुलाई आग्रह गरेको छ । 

त्यसअघि व्यावसायिक कार्ययोजना तयारी भने एक दिनअघि अर्थात् असोज ३० गते हुने भएको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार व्यावसायिक योजना तयारी र प्रस्तुतीकरण सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा हुने छ । असोज ३० गतेको योजना तयारीका लागि दिउँसो ४ः०० देखि ४ः३० बजेसम्मको समय तोकिएको छ । यसैगरी योजना प्रस्तुतीकरणका लागि असोज ३१ गते दिउँसो ४ः०० बजेको समय तोकिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले यही असोज ६ गते सूचना प्रकाशित गरी निकट भविष्यमा रिक्त हुने पदमा श्रम सहचारी छनोट तथा नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो । मन्त्रालयले ‘काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी मापदण्ड,२०८१’ अनुसार तोकिएबमोजिमको योग्यता पुगेका इच्छुक कर्मचारीहरुले असोज २६ गतेभित्र आफ्नो व्यक्तिगत विवरण उल्लेख गरी अनुसूची–२ बमोजिम निवेदन दिन सूचनामार्फत आह्वान गरेको थियो । 

Nada Auto Show 2026
Hardik health

कुवेतस्थित राजदूतावासमा काम गर्नका लागि एक जना श्रम सहचारी छनोट गरिने छ । श्रम मन्त्रालयमा कार्यरत रहेका महाशाखा प्रमुखहरुमध्ये वरिष्ठ सहसचिवको संयोजकत्वमा गठित सिफारिस समितिले आवेदकहरुको मूल्यांकन गरी सचिवसमक्ष सिफारिस गर्ने व्यवस्था छ ।

श्रम सहचारी पद नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणी अधिकृतस्तरको हुन्छ । काउन्सेलर (श्रम) तथा श्रम सहचारीले आफू कार्यरत रहेको दूतावास वा नियोग प्रमुखको प्रत्यक्ष नियन्त्रणमा रही अन्य कूटनीतिक कर्मचारीसरह काम गर्ने र निजले कूटनीतिक कर्मचारीका लागि तोकिएको आचरणको पालना गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

यस्तो छ योग्यताको व्यवस्था
काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी मापदण्डअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका कर्मचारीले काउन्सेलर (श्रम) तथा श्रम सहचारी पदमा नियुक्तिका लागि उम्मेदवार बन्न पाउने छन् । आवेदन फाराम भर्ने अन्तिम मितिसम्म छनोट हुने पदका निमित्त आवश्यक पर्ने श्रेणी र पदमा सेवा अवधि कम्तीमा तीन वर्ष पूरा भएको र अनुसूची–१ मा उल्लिखित कार्यालयमा लगातार कम्तीमा एक वर्षदेखि कार्यरत रहेको हुनुपर्ने मापदण्डमा उल्लेख छ । यद्यपि, पदस्थापन मन्त्रालय वा अन्तर्गत भई अन्यत्र निकायमा काजमा रहेको अवधिबाहेक अन्यत्र दरबन्दी रही श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहत निकायमा अविच्छिन्न कार्यरत अवधिलाई समेत गणना गरिने मापदण्डमा प्रस्ट पारिएको छ । 
‘अंग्रेजी भाषामा आइइएलटिएस परीक्षणमा कम्तीमा ६.० स्कोर वा टोफेल पिबिटी÷आइबिटी मध्ये कुनै एउटा परीक्षामा कम्तीमा क्रमशः ५५०/२१३/७९ स्कोर हासिल गरेको वा पिटिई परीक्षामा कम्तीमा ५१ अंक प्राप्त गरेको र यस दफा अनुसारको भाषा परीक्षामा सहभागी भएको अवधि दुई वर्ष ननाघेको,’ श्रम सहचारी नियुक्तिका लागि तोकिएको योग्यतामा उल्लेख छ ।

उक्त मापदण्डअनुसार छनोटको सूचना प्रकाशन भएको मितिदेखि अनिवार्य अवकाशको अवधि दुई वर्षभन्दा कम भएको अवस्थामा श्रम सहचारी पदमा उम्मेदवार बन्न अयोग्य मानिने छ । साथै, छनोट सूचना प्रकाशन भएको मितिले विगत एक वर्षको अवधिमा कुनै विभागीय कारबाही पाएको, कुनै कसुरको अभियोगमा अनुसन्धानका लागि थुनामा रहेको वा निलम्बनमा रहेको अवधिभर, एकपटक काउन्सेलर (श्रम) तथा श्रम सहचारीमा रही काम गरिसकेको कर्मचारीले पनि उम्मेदवार बन्न पाउने छैनन् । 

‘काउन्सेलरका लागि निजामती सेवाको रा.प. द्वितीय श्रेणीको अधिकृतस्तरको पदमा र श्रम सहचारीका लागि निजामती सेवाको रा.प. तृतीय श्रेणीको अधिकृतस्तरको पदमा अविच्छिन्न तीन वर्ष सेवा अवधि पूरा नभएको, छनोटको सूचना प्रकाशन भएको मितिदेखि लगत्तै अघिको दुई वर्षको अवधिमा पटक–पटक वा एकमुष्ठ रुपमा छ महिनाभन्दा बढी बेतलबी वा असाधारण बिदा बसेको,’ श्रम सहचारी छनोट तथा नियुक्तिका लागि अयोग्य हुने बुँदामा उल्लेख छ ।
 


प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP