Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
पछिल्लो १० वर्षमा विदेसिए चार लाख ६६ हजारभन्दा बढी प्रभाव संवाददाता वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज २४, २०८२

काठमाडौं– वैदेशिक रोजगारीमा महिलाहरूको आकर्षण बर्सेनि बढ्दै गएको छ । पछिल्लो १० वर्षमा नेपालबाट कूल ५९ लाख २२ हजार ४६४ जना वैदेशिक रोजगारीमा गएकामा चार लाख ६६ हजार ३१९ जना महिला रहेका छन् । उनीहरू खाडीदेखि विश्वका विभिन्न मुलुकमा गएका तथ्यांकमा देखिन्छ ।

उक्त अवधिको समग्र तथ्यांक हेर्दा रोजगारीका लागि विदेसिएका कूल नेपालीमध्ये महिलाको हिस्सा ७.८७ प्रतिशत छ । पुरुषको हिस्सा ९२.१३ प्रतिशत अर्थात् ५४ लाख ५६ हजार १४५ जना गएका छन् । आर्थिक वर्ष २०७२/७३ यताका हरेक आर्थिक वर्षको तथ्यांकले रोजगारीमा जाने महिलाहरूको संख्या क्रमशः बढेको देखाउँछ ।

 आव ०७२/७३ मा कूल छ लाख ४० हजार ९८१ जना वैदेशिक रोजगारीमा जाँदा ३१ हजार ९३४ जना महिला थिए । उक्त आवमा विदेसिनेमा ४.९ प्रतिशत महिला थिए  । आव २०७३/७४ मा महिलाको संख्या बढेको पाइन्छ । उक्त आवमा वैदेशिक रोजगारीमा गएका कूल छ लाख ४२ हजार ८५९ जनामध्ये महिलाको संख्या ३३ हजार ५२० जना रहेको थियो । यस आवमा महिलाको हिस्सा ५.२१ प्रतिशत कायम भएको देखिन्छ ।

यसैगरी आव २०७४/७५ मा थोरै बढेर महिलाको संख्या ५.३८ प्रतिशत हुन पुग्यो । त्यस वर्ष छ लाख १२ हजार ६८५ जना रोजगारीमा जाँदा महिला ३२ हजार ९६४ जना थिए । आव ०७५/७६ मा रोजगारीमा गएकाहरूको संख्या केही घटेको थियो । उक्त वर्ष पाँच लाख आठ हजार ८२८ जना रोजगारीमा जाँदा ६.३१ प्रतिशत अर्थात् ३२ हजार १२३ जना महिला गएका थिए ।

Hardik health

कोरोना महामारीका कारण आव ०७६/७७ मा रोजगारीमा जानेको संख्या झण्डै आधाले घटेको थियो । तर महिलाहरूको आकर्षण भने निरन्तर बढेको पाइन्छ । उक्त वर्ष तीन लाख ६८ हजार ४२३ मात्र रोजगारीमा गएका थिए जसमध्ये २८ हजार ४३३ जना महिला थिए । महिलाहरूको यो संख्या ७.७१ प्रतिशत हो ।

त्यसपछि आव ०७७/७८ मा महामारी उत्कर्षमा पुग्दा नेपालबाट रोजगारीमा जानेहरूको संख्या एक लाख ६६ हजार ६९८ जनामा सीमित भयो । अघिल्लो आवको तुलनामा महिलाहरूको उपस्थिति केही घटेको पाइन्छ । उक्त आवमा ६.८७ प्रतिशत अर्थात् ११ हजार ४५६ जना महिलामात्र रोजगारीमा गएका थिए ।

महामारीको अन्त्यसँगै ०७८/७९ बाट वैदेशिक रोजगारीले फेरि पुरानै लय समात्यो । त्यस वर्ष छ लाख ३० हजार ९० जना युवा रोजगारीका लागि विदेसिए । जसमा ४९ हजार १२८ जना महिला थिए । यो जुन कूल विदेसिएकामध्ये ७.७९ प्रतिशत हो ।

त्यसपछि ०७९/८० मा रोजगारीमा जाने महिला र पुरुष दुवैको संख्या बढेको थियो । उक्त आवमा सात लाख ७१ हजार ३२७ जना रोजगारीका लागि विभिन्न मुलुक गएका थिए । उक्त वर्ष ७२ हजार १३४ जना महिलाले वैदेशिक रोजगारीका लागि मुलुक छाडेका थिए, जुन उक्त आवमा विदेसिएका कूल संख्याको ९.३५ प्रतिशत हो ।

आव २०८०/८१ मा वैदेशिक रोजगारीमा महिलाहरूको उपस्थिति पहिलोपटक १० प्रतिशत नाघेको थियो । उक्त आवमा १०.८१ प्रतिशत अर्थात् ८० हजार १७२ जना महिला रोजगारीमा गएका थिए । त्यस वर्ष कूल सात लाख ४१ हजार २९७ जना रोजगारीमा गएका थिए ।

गत आर्थिक वर्ष ०८१/८२ मा हालसम्मकै सबैभन्दा बढी आठ लाख ३९ हजार २६६ जना रोजगारीमा गएका थिए । त्यस वर्ष रोजगारीमा जाने महिलाहरूको संख्या झण्डै एक लाख पुग्यो । उक्त आवमा ९४ हजार ४५५ जना महिला वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएको तथ्यांक छ । उक्त संख्या सो आवमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकामध्ये ११.२५ प्रतिशत हो ।

सरकारले खाडी मुलुकहरुमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ । सरोकारवालाहरुले घरेलु कामदारका लागि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै आएका छन् । यदि सरकारले घरेलु कामदारको प्रतिबन्ध हटाएको खण्डमा वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या ह्वात्तै बढ्ने वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् ।

पछिल्लो १० वर्षमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने महिलाको संख्या
आव            संख्या
२०७२/७३    ३१ हजार ९३४
२०७३/७४    ३३ हजार ५२०
२०७४/७५    ३२ हजार ९६४
२०७५/७६    ३२ हजार १२३
२०७६/७७    २८ हजार ४३३
२०७७/७८    ११ हजार ४५६
२०७८/७९    ४९ हजार १२८
२०७९/८०    ७२ हजार १३४
२०८०/८१    ८० हजार १७२
२०८१/८२    ९४ हजार ४५५
स्रोतः वैदेशिक रोजगार विभाग


प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP